Luniva Global
Homeकाठमाडौंनेकपा (माओवादी केन्द्र) कीर्तिपुरको तेस्रो नगर सम्मेलन भव्य रूपमा सम्पन्न

नेकपा (माओवादी केन्द्र) कीर्तिपुरको तेस्रो नगर सम्मेलन भव्य रूपमा सम्पन्न

कीर्तिपुर, – नेकपा (माओवादी केन्द्र) कीर्तिपुर नगर समितिको तेस्रो नगर सम्मेलन भव्य रूपमा सम्पन्न भएको छ। पार्टी केन्द्रीय उपाध्यक्ष क। अग्नि सापकोटाको प्रमुख आतिथ्यतामा तथा क.दिल बहादुर महर्जनको अध्यक्षतामा उक्त सम्मेलन सफलतापूर्वक सम्पन्न भयो।

सम्मेलनपछिको बन्द सत्रबाट निर्वाचन प्रक्रिया सम्पन्न गर्दै नयाँ नेतृत्व चयन गरिएको छ। निर्वाचन परिणामअनुसार क. बैकुण्ठ महर्जन अध्यक्षमा चयन भएका छन्। राम बहादुर खड्का, मोति नेपाली, र संगिता उप्रेती श्रेष्ठ उपाध्यक्षका रूपमा निर्वाचित भएका छन्। यस्तै, दयालक्ष्मी महर्जन सचिव तथा हिसिला महर्जन सह सचिवमा चयन भएका छन्।

नवगठित नगर समितिमा ४१ सदस्यीय कार्यसमिति चयन गरिएको छ, जसले आगामी दिनमा पार्टीको नीति, योजना तथा संगठन सुदृढीकरणका कार्यलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Luniva Global
- Advertisment -
Luniva Global

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू