Luniva Global
Homeकाठमाडौंनगरकोट पिकनिकबाट फर्किँदै गर्दा स्कुल बस दुर्घटना: तीन जनाको मृत्यु, दुई दर्जनभन्दा...

नगरकोट पिकनिकबाट फर्किँदै गर्दा स्कुल बस दुर्घटना: तीन जनाको मृत्यु, दुई दर्जनभन्दा बढी घाइते

काठमाडौं, माघ ३० – नगरकोटबाट पिकनिक सकेर फर्किरहेको चाबहिलस्थित एसएस एकेडेमीको बस काठमाडौँको शंखरापुर नगरपालिका–५ साँखुस्थित कात्तिकेमा दुर्घटनाग्रस्त हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई दर्जनभन्दा बढी घाइते भएका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार बा २ ख ७०५८ नम्बरको सो बस दुर्घटनामा परी सुसाङ्क डोटेलको शंखरापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। यस्तै, नेपाल मेडिकल कलेज र त्रिवि शिक्षण अस्पतालमा उपचाररत एक/एक जना घाइतेको पनि निधन भएको छ।

गम्भीर घाइतेको उपचार जारी

दुर्घटनामा परी घाइते भएका विद्यार्थी, शिक्षक र कर्मचारीहरू विभिन्न अस्पतालमा उपचाररत छन्। पिपुल्स लाइफ केयर अस्पतालमा २४ जना, शंखरापुर अस्पतालमा ३ जना, नेपाल मेडिकल कलेजमा १० जना तथा त्रिवि शिक्षण अस्पतालमा ३ जनाको उपचार भइरहेको छ।

प्रहरीका अनुसार दुर्घटना बसको ब्रेक फेल भएपछि भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। बस सिन्धुपाल्चोकका ३९ वर्षीय चालक मनिष माझीले चलाएका थिए।

घाइतेहरूको विवरण

घटनामा परी गम्भीर तथा सामान्य घाइते भएकाहरूको सूची निम्नानुसार छ:

  • पिपुल्स लाइफ केयर अस्पताल
    १. फिलिप लामा (१० वर्ष)
    २. प्रज्वल थापा (१० वर्ष)
    ३. भिम तामाङ (११ वर्ष)
    ४. राम परियार (१६ वर्ष)
    ५. सुजन मगर (१६ वर्ष)
    ६. सिरिसा सिवेदी (१२ वर्ष)
    ७. प्रकाश बम (१६ वर्ष)
    ८. साधन विष्ट (१२ वर्ष)
    ९. आराध्या शाह (१० वर्ष)
    १०. आशिष तामाङ (१५ वर्ष)
    ११. स्नेहा राई (२१ वर्ष)
    १२. गंगा ज्योति (४२ वर्ष)
    १३. रञ्जित थापा (१३ वर्ष)
    १४. सुहाना गुभाजु (१३ वर्ष)
    १५. श्रीशान्त पौडेल (१५ वर्ष)
    १६. कल्पना रेग्मी (३२ वर्ष)
    १७. बिकल्प श्रेष्ठ (१० वर्ष)
    १८. नाइस्का पाण्डे (२३ वर्ष)
    १९. सुविता तामाङ (१४ वर्ष)
    २०. निशान्त पौडेल (१४ वर्ष)
    ২১. सौगात मगर (१४ वर्ष)
    २२. अबित खान (१० वर्ष)
    २३. नाम नखुलेका दुई जना
  • शंखरापुर अस्पताल
    २४. आदित्य सुनार (१२ वर्ष)
    २५. धिरज साउद (१४ वर्ष)
    २६. सन्देश गिरी (१२ वर्ष)
  • अन्य अस्पतालहरू
    • नेपाल मेडिकल कलेजमा १० जना
    • त्रिवि शिक्षण अस्पतालमा ३ जना

प्रहरी अनुसन्धान जारी

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रारम्भिक रूपमा बसको ब्रेक फेल भएका कारण अनियन्त्रित भई दुर्घटना भएको बताइए पनि विस्तृत विवरण आउन बाँकी छ।

दुर्घटनापछि विद्यार्थी, अभिभावक, स्कुल प्रशासन तथा स्थानीयवासीहरूमा त्रासको माहोल छ। घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै, घटनाबारे गहिरो अनुसन्धान गरी आवश्यक सुरक्षा उपाय अपनाउन अभिभावकहरूले आग्रह गरेका छन्।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Luniva Global
- Advertisment -
Luniva Global

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू