काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुधबार काठमाडौंमा राष्ट्रिय झन्डासहित बृहत मोटरसाइकल र्याली आयोजना गरेको छ। बबरमहलबाट सुरु भएको र्याली त्रिपुरेश्वर हुँदै नारायणहिटीसम्म पुगेको थियो।

र्यालीमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, सांसद बिक्रम पाण्डे लगायत पार्टीका वरिष्ठ नेताहरू तथा सयौं कार्यकर्ताहरूको सहभागिता रहेको थियो। पार्टीको संगठनात्मक सुदृढीकरण तथा समर्थन प्रदर्शन गर्ने उद्देश्यसहित आयोजित यो र्यालीले राजधानीका विभिन्न मुख्य सडकखण्डमा उपस्थिति जनाएको थियो।
तस्बिर : नेपाल फोटाे लाइब्रेरी






