काठमाडौं — VOW Media र उच्च अदालत बार एशोसिएसन पाटनको महिला समितिको संयुक्त आयोजनामा ११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर “नेपालमा आमाको नामबाट नागरिकता प्राप्त गर्दा कानूनी तथा व्यावहारिक जटिलता” विषयक विशेष अन्तरक्रिया कार्यक्रम आयोजना हुने भएको छ।
उक्त कार्यक्रम २०८१ साल फाल्गुण २३ गते, शुक्रबार, दिनको १:०० बजे नेपाल बार एशोसिएसनको सभा हल, रामशाह पथ, काठमाडौंमा आयोजना हुनेछ।
नेपालमा आमाको नामबाट नागरिकता प्राप्त गर्दा देखिने कानूनी र व्यावहारिक समस्याबारे गहन छलफल गर्न आयोजना गरिएको यो अन्तरक्रिया कार्यक्रममा कानूनी विज्ञ, अधिकारकर्मी, नागरिक समाजका प्रतिनिधि तथा सरोकारवालाहरूको उपस्थिति रहनेछ।
संबन्धित सबैलाई कार्यक्रममा उपस्थितिका लागि आयोजकले अनुरोध गरेको छ।