काठमाडौँ – काठमाडौँ महानगरपालिकाले विद्युतीय सेवा प्रणालीलाई प्रभावकारी बनाउन वडास्तरमै निरीक्षण अभियान सुरु गरेको छ। महानगरको प्रशासन विभाग र सूचना प्रविधि विभागका अधिकारीहरू वडाहरूमा पुगेर अनलाइन सेवा प्रणालीको अवस्था अवलोकन गर्दै सहजीकरणमा जुटेका छन्। मंगलबार सुरु गरिएको यो अभियानअन्तर्गत वडा नं। १६, १, र २६ मा अनलाइन सेवा सञ्चालनको निरीक्षण गरिएको छ।

निरीक्षणका क्रममा जनप्रतिनिधि तथा सम्बन्धित कर्मचारीहरूसँग छलफल गरी प्रणाली सञ्चालनमा देखिएका चुनौती, सुधार आवश्यकताहरू तथा प्रविधिको प्रभावकारी कार्यान्वयनका उपायहरू टिपोट गरिएको छ। हाल महानगरपालिकाले आफ्नै विकसित ३२ वटा प्रणाली सञ्चालनमा ल्याइसकेको छ, जसमा संघीय सरकार तथा विभिन्न निकायका डिजिटल प्रणालीहरू समेत समावेश छन्।
केन्द्रीय नागरिकता व्यवस्थापन प्रणाली कार्यान्वयन
सबैभन्दा पछिल्लो रूपमा, जिल्ला प्रशासन कार्यालय काठमाडौँमार्फत केन्द्रीय नागरिकता व्यवस्थापन प्रणाली ९ऋऋक्ष्ःक्० कार्यान्वयनमा ल्याइएको छ। फागुनको अन्तिम साता वडा सचिवहरूलाई आवश्यक तालिम प्रदान गरी प्रणाली लागू गरिएको थियो। प्रणालीलाई पूर्णरूपमा सञ्चालन गर्न वडाहरूको तत्परता, व्यवस्थापन, र सम्भावित चुनौतीहरू बुझ्न निरीक्षण प्रक्रिया सुरु गरिएको प्रशासन विभागका प्रमुख ध्रुवकुमार काफ्लेले जानकारी दिनुभयो।
वडास्तरमा प्रविधि सहज बनाउन आवश्यक पूर्वाधार विकास
वडाहरूमा प्रविधि सहज रूपमा कार्यान्वयन गर्न आवश्यक पूर्वाधार विकास तथा कर्मचारी क्षमतावृद्धि महानगरको प्रमुख प्राथमिकता रहेको छ। सूचना प्रविधि विभागका प्रमुख अनिरुद्र नेपालका अनुसार, प्राविधिक समस्या समाधानका लागि आवश्यक जनशक्ति केन्द्र तथा वडास्तरबाटै परिचालन गर्ने रणनीति अवलम्बन गरिएको छ।
निरीक्षणका क्रममा वडा नं। १६ की अध्यक्ष रोजिना श्रेष्ठले एकल सेवा केन्द्र सञ्चालनको तयारी भइरहेको बताउँदै, यो प्रणाली लागू भएपछि इ(ओफिस प्रणाली पूर्णरूपमा कार्यान्वयनमा आउने विश्वास व्यक्त गरिन्। वडा नं। १ का अध्यक्ष भरतलाल श्रेष्ठले, अनलाइन सेवा प्रभावकारी बनाउन कर्मचारी दक्षता अभिवृद्धि आवश्यक रहेको धारणा राखे भने वडा नं। २९ का अध्यक्ष कुश ढकालले वडाबाट अनलाइन शिफारिस सेवा सुरु भइसकेको जानकारी गराए।
महानगरको डिजिटल यात्रास् विद्युतीय सुशासनतर्फको सशक्त कदम
काठमाडौँ महानगरपालिकाले २०६१ सालदेखि नै विद्युतीय प्रविधि अपनाउँदै आएको छ।
२०६३ साल – कर्मचारी विद्युतीय हाजिरी प्रणाली लागू
२०६८ साल – व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन प्रणाली ९ख्भ्च्क्क्(ःक्ष्क्० कार्यान्वयन
२०६९ साल – विद्युतीय नक्सा पास प्रणाली ९भ्द्यएक्० सुरु
२०७० को दशक – १९ वटा नयाँ डिजिटल प्रणाली विकास, जसमा समाचार पोर्टल, मेट्रो न्यूज प्रणाली, डिजिटल सिग्नेचर, फाइल ट्र्याकिङ सिस्टम, र राजस्व व्यवस्थापन प्रणाली ९च्ःक्० समावेश छन्।
महानगरले इ(डकुमेन्ट म्यानेजमेन्ट सिस्टम मार्फत घर नक्सालाई डिजिटल प्रणालीमा रूपान्तरण गरेको छ। सब नेशनल ट्रेजरी रेगुलेटरी एप्लिकेसन ९सूत्र० अन्तर्गत खर्च प्रणाली कार्यान्वयनमा रहेको छ भने आम्दानी व्यवस्थापनको चरणमा छ।
महानगरले हाल स्मार्ट स्कूल म्यानेजमेन्ट सफ्टवेयर, अनलाइन संगठन दर्ता प्रणाली, केस म्यानेजमेन्ट सिस्टम, च्याटबट सेवा, इ(शिफारिस सेवा, र टोल फ्री परामर्श सेवा सञ्चालन गरिरहेको छ।
अबको आवश्यकता स्मार्ट यातायात प्रणाली, प्रिपेड मेट्रो कार्ड, स्मार्ट ग्रिड आधारित खानेपानी तथा विद्युत् वितरण, स्वचालित संकेत बत्ती, डिजिटल पार्किङ सेवा, व्यवस्थित फोहोर व्यवस्थापन, र स्मार्ट पूर्वाधार विकास लाई अझ प्रविधिमैत्री बनाउँदै लैजानु रहेको छ।
महानगरपालिकाले विद्युतीय सेवा प्रणालीलाई व्यापक बनाउन वडास्तरमै अनुगमन तथा सहजीकरण गर्दैछ। प्रभावकारी कार्यान्वयनका लागि कर्मचारीको क्षमता अभिवृद्धि, प्रविधिगत पूर्वाधार विस्तार, र डिजिटल प्रणाली सुधार महानगरको प्राथमिकतामा रहेको छ। विद्युतीय सुशासनको यात्रालाई थप सशक्त बनाउन यो अभियान महत्वपूर्ण कोसेढुंगा सावित हुने अपेक्षा गरिएको छ।