Luniva Global
Homeकाठमाडौंतुङ्गोलमा शंखधर ज्येष्ठ नागरिक सेवा केन्द्रको नयाँ भवन भव्य रूपमा उद्घाटन

तुङ्गोलमा शंखधर ज्येष्ठ नागरिक सेवा केन्द्रको नयाँ भवन भव्य रूपमा उद्घाटन

कीर्तिपुर नगरपालिका वडा नं. १० अन्तर्गत तुङ्गोल, जिफागल क्षेत्रमा अवस्थित शंखधर ज्येष्ठ नागरिक सेवा केन्द्रको नव निर्मित भवन “त्रिरत्न छेँ” को भव्य उद्घाटन सम्पन्न भएको छ।

भवनको उद्घाटन नेपालकी वर्तमान प्रथम महिला श्रीमती राधिका शाक्य र आनी छोइगं डोल्माले संयुक्त रूपमा गर्नु भएको हो। उद्घाटन समारोहमा कीर्तिपुर नगरपालिकाका पूर्व वडा अध्यक्षहरू सहित विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो, जसले कार्यक्रममा थप गरिमा प्रदान गरेको थियो।

नयाँ भवनको उद्घाटनसँगै केन्द्रले ज्येष्ठ नागरिकहरूको सेवा र सुविधामा थप गुणस्तरीयता र पहुँच विस्तार गर्ने विश्वास व्यक्त गरिएको छ। समारोहले तुङ्गोल क्षेत्रको सामाजिक सेवामा नयाँ ऊर्जा र उत्साह थपेको स्थानीयले बताएका छन्।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Luniva Global
- Advertisment -
Luniva Global

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू