Luniva Global
Homeकाठमाडौंदेशभर आज आमाको मुख हेर्ने पर्व श्रद्धा र भक्तिपूर्वक मनाइँदै, मातातीर्थमा विशेष...

देशभर आज आमाको मुख हेर्ने पर्व श्रद्धा र भक्तिपूर्वक मनाइँदै, मातातीर्थमा विशेष मेला


आज देशभर आमाको मुख हेर्ने पर्व श्रद्धा, भक्ति र सम्मानका साथ मनाइँदैछ। प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन जन्मदात्री आमाप्रति श्रद्धा र कृतज्ञता व्यक्त गर्दै यो पर्व मनाउने परम्परा छ।

वैदिक सनातन शास्त्रअनुसार उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि उच्च स्थानमा आमालाई राखिएको छ। आमालाई श्रद्धा, भक्ति र सम्मान गर्दै उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिने गरिन्छ। छोराछोरीहरूले बिहानै स्नान गरी आमालाई नयाँ वस्त्र पहिर्याउने, मीठा–मीठा परिकार अर्पण गर्ने र आशिर्वाद लिने परम्परा रहेको छ।

आफ्ना आमालाई गुमाएका सन्तानहरूले भने दिवङ्गत आमाको सम्झनामा श्रद्धासहित तर्पण, पिण्डदान र सिदादान गर्दै आमाले गरेका अथक त्याग र कष्टपूर्ण योगदान सम्झन्छन्। वैदिक धर्मशास्त्रमा प्रत्येक मानवले देवऋण, मनुष्यऋण र पितृऋण तिर्नु अनिवार्य मानिएको छ। “जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी” भनाइमार्फत जन्मदात्री आमा र जन्मभूमिको महत्त्व स्वर्गभन्दा पनि उच्च रहेको स्पष्ट पारिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा. डा. देवमणि भट्टराई बताउनुहुन्छ।

डा. भट्टराईका अनुसार आमाले नव महिना गर्भमा राखी सन्तानलाई जीवन दिने भएकाले उहाँको योगदान अपूर्व र अनुपम छ। शास्त्रमा बाबुभन्दा पनि आमाको महत्त्व हजार गुणा बढी हुने उल्लेख छ। जीवित आमालाई सम्मान र खुसी दिन मीठा परिकार अर्पण गरिन्छ भने दिवङ्गत आमाको आत्मशान्तिका लागि तर्पण, पिण्डदान र सिदादान गरिन्छ। शास्त्रीय मान्यताअनुसार आज दिवङ्गत आमाले आश गर्ने भएकाले तर्पण र सिदादान गरी श्राद्ध गरे आमाको आत्मा सन्तुष्ट भई आशीर्वाद दिने विश्वास छ।

यस अवसरमा चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा भव्य मेला लाग्ने परम्परा रहेको छ। मातातीर्थको मेलाका लागि सम्पूर्ण तयारी पूरा भइसकेको र मेलामा देशभरिबाट भक्तजनको आगमन हुने अपेक्षा गरिएको चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले जानकारी दिनुभयो।

मातातीर्थमा भक्तजन काठमाडौँ, १४ वैशाख ः मातातीर्थ औँशीका अवसरमा आज काठमाडौँको चन्द्रागिरि नगरपालिका वडा नं ६ स्थित मातातीर्थ कुण्ड परिसरमा दिवङ्गत आमाको सम्झनामा दीप प्रज्वलन गर्दै भक्तजन ।
सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Luniva Global
- Advertisment -
Luniva Global

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू