Luniva Global
Homeकाठमाडौंकीर्तिपुर रंगशाला निर्माण ढिलो : मन्त्रालय र निर्माण कम्पनीलाई स्पष्टीकरण, दुई महिनाभित्र...

कीर्तिपुर रंगशाला निर्माण ढिलो : मन्त्रालय र निर्माण कम्पनीलाई स्पष्टीकरण, दुई महिनाभित्र काम सक्ने प्रतिबद्धता

सरकार गठनपछिको पहिलो क्याबिनेट बैठकले कीर्तिपुरस्थित क्रिकेट मैदानलाई ३०० दिनभित्र अन्तर्राष्ट्रिय मापदण्डअनुसारको फ्लडलाइटसहितको रंगशालामा रुपान्तरण गर्ने निर्णय गरेको थियो। यही जेठ २४ गते तोकिएको ३०० दिन पूरा हुँदैछ। तर काम समयमै नसकिएकोप्रति गम्भीर ध्यानाकर्षण गर्दै शहरी विकास मन्त्रालय र निर्माण कम्पनीका प्रतिनिधिलाई आज स्पष्टीकरण माग गरिएको छ।

स्पष्टीकरणमा उपस्थित अधिकारीहरूले त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको जग्गा प्राप्तिमा देखिएको ढिलाइ, रुख हटाउने प्रक्रियामा लाग्ने कानुनी समयसीमा, निर्माण कार्य थालिएपछिको वर्षाका कारण कालो माटो पन्छाउन परेको जस्ता विविध कारणले कार्यमा ढिलाइ भएको बताएका छन्। तिन शिफ्टमा काम गर्दा पनि तोकिएको समयभित्र परियोजना सम्पन्न गर्न नसकिएको स्वीकार गरिएको छ।

यद्यपि सम्बन्धित निकायहरूले थप दुई महिनाभित्र प्यारापिट निर्माण र फ्लडलाइट जडानसहित सम्पूर्ण काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन्। सरकारले आफ्नो प्राथमिकतामा रहेका योजनाहरू तोकिएको समयमै गुणस्तरीय रूपमा सम्पन्न गर्नुपर्ने स्पष्ट सन्देश दिएको छ।

काम ढिलाइको जुनसुकै कारण भए पनि निश्चित समयसीमामा पूरा हुनुपर्ने सरकारको अडान छ। थपिएको समयसीमा पनि नतोकिएमा सरकारबाट कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिइएको छ।

यस आधारमा, असारको अन्तिमसम्म कीर्तिपुरवासीले आधुनिक सुविधासम्पन्न क्रिकेट रंगशालाको सपना साकार भएको देख्न सक्ने सरकारको दाबी छ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Luniva Global
- Advertisment -
Luniva Global

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू