Luniva Global
Homeकाठमाडौंवरिष्ठ वामपन्थी नेता प्रदीप नेपालको निधन

वरिष्ठ वामपन्थी नेता प्रदीप नेपालको निधन


काठमाडौं — वरिष्ठ वामपन्थी नेता तथा पूर्व मन्त्री प्रदीप नेपालको ७५ वर्षको उमेरमा मंगलबार निधन भएको छ।

नेता नेपालको मंगलबार दिउँसो ४:१५ बजे नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको परिवारले जानकारी दिएको छ। लामो समयदेखि पार्किन्सनसहितका दीर्घरोगबाट पीडित नेपाल केही दिनअघि अस्पताल भर्ना भएका थिए। स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई सोमबारदेखि सघन उपचार कक्ष (आईसीयू) मा राखिएको थियो।

राजनीतिमा लामो योगदान दिएका नेपाल पछिल्लो समय अस्वस्थताका कारण सक्रिय राजनीतिबाट पछि हट्दै आएका थिए।

विसं २०१० मा जन्मिएका नेपालले २०५१ मा मनमोहन अधिकारी प्रधानमन्त्री भएका बेला सञ्चार मन्त्रीका रूपमा कार्यभार सम्हालेका थिए। त्यसपछि उनी शिक्षा मन्त्री समेत बने। नेकपा एमालेका पूर्व स्थायी कमिटी सदस्य रहेका नेपाल वाम आन्दोलनका विचारशील नेता मानिन्थे।

उनको निधनप्रति नेकपा एमालेसहित विभिन्न राजनीतिक दल, नेताहरू र समर्थकहरूले दुःख व्यक्त गरेका छन्।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Luniva Global
- Advertisment -
Luniva Global

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू