Luniva Global
Homeकाठमाडौंकाठमाडौं महानगरपालिकाको को पिउने पानीमा कोलिफर्म, आपूर्तिकर्तालाई दुई लाख जरिवाना र सम्झौता...

काठमाडौं महानगरपालिकाको को पिउने पानीमा कोलिफर्म, आपूर्तिकर्तालाई दुई लाख जरिवाना र सम्झौता खारेज

काठमाडौं — काठमाडौं महानगरपालिकाको केन्द्रीय कार्यालयमा आपूर्ति हुँदै आएको पिउने पानीमा कोलिफर्म ब्याक्टेरिया भेटिएपछि कडा कारबाही गरिएको छ। सार्वजनिक स्वास्थ्य सुरक्षालाई सर्वोपरि मान्दै महानगरले जिम्मेवार निकायसँगको सम्झौता खारेज गर्दै दुई लाख रुपैयाँ जरिवाना समेत तोकेको छ।

महानगरमा पिउने पानी आपूर्ति गर्दै आएको सी एन इन्टरप्राइजेज विरुद्ध कृषि तथा पशुपन्छी विभागले कडा कदम चालेको हो। विभागका प्रमुख नुरनिधि न्यौपानेका अनुसार, प्रमुख प्रशासकीय अधिकृतको निर्णयमा आधारित रहेर कम्पनीसँगको खानेपानी आपूर्तिसम्बन्धी सम्झौता रद्द गरिएको छ। विभागले कम्पनीलाई आधिकारिक पत्रमार्फत सम्झौता खारेजीको जानकारी गराएको छ।

पानीको नमुना परीक्षण गर्दा कोलिफर्म भेटिएको पुष्टि भएपछि कामपा बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा १९ अनुसार मुद्दा चलाइएको थियो भने, सोही ऐनको दफा ३० बमोजिम रु दुई लाख जरिवाना समेत लगाइएको छ।

महानगरले यो कदम सार्वजनिक स्वास्थ्यसँग सम्झौता नगर्ने आफ्नो स्पष्ट नीति अनुरूप उठाएको बताएको छ। अबदेखि खानेपानीको गुणस्तरमा कडाइका साथ निगरानी राखिने र स्वास्थ्यमा प्रतिकूल असर पार्ने कुनै पनि तत्व फेला परेमा तुरुन्त कारबाही गरिने चेतावनीसमेत दिएको छ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Luniva Global
- Advertisment -
Luniva Global

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू