Sunrise appliances
Homeकृषिआधुनिक कृषि प्रणालीमा मल्चिङ प्रबिधि भनेको के हो ? यस्ता छन् फाइदाहरु

आधुनिक कृषि प्रणालीमा मल्चिङ प्रबिधि भनेको के हो ? यस्ता छन् फाइदाहरु

धेरै बर्षदेखि विभिन्न नयाँ किसिमको तरिकाहरुको कृषिमा प्रयोग भइरहेको छ । देशको विभिन्न क्षेत्रमा विषम जलवायु, जलस्रोतको कमि तथा विभिन्न प्राकृतिक आपत जस्तैः पाला आदिको बावजूद खेतीको महत्त्व बढीरहेको छ । किसान पछिल्लो केहि बर्षदेखि चिस्यानको संरक्षणको लागि विभिन्न उपाय जस्तैः सुकेका पात, पराल आदिको प्रयोगमा लागि रहेका छन । यस्को लागि सबैभन्दा राम्रो तरीका प्लास्टिक मल्च गर्नु हो । प्लास्टिक मल्च भनेको संयुक्त रूपमा बिरुवाको आस-पासको सतहलाई ढाक्ने प्रक्रिया हो जसबाट बिरुवा वा उसको जराको तापक्रमको बढने घटने प्रक्रियामा प्रभावकारी तरिकाले नियन्त्रण गर्न सकिन्छ ।

वर्तमान समयमा कार्बनिक मल्चींगको बढी मात्रामा सजिलोसँग नहुने कारणले तथा बढी लागतको कारणले प्लास्टिक मल्चींग एउटा रामो विकल्प हो । यो सजिलोसँग उपलब्ध हुन्छ र एउटा ठाँउबाट अर्को ठाँउमा लान सजिलो हुने र बिछाउन पनि सजिलो हुने हुन्छ ।

प्लास्टिक मल्चींगको फाइदाहरु

– बिरुवाको चिस्यान तथा तापक्रम नियंत्रणमा सहायक

– झारहरुको वृद्धिमा अवरोध

– हावा वा पानीबाट माटोको कटाई कम गर्द्छ

– बिरुवाको वृद्धिको लागि अनुकुल बाताबरण प्रर्दान गर्द्छ

– उत्पादनमा वृद्धि

प्लास्टिक मल्चींग:-

प्लास्टिक जब मल्चींगको रूपमा प्रयोग गरिन्छ यसलाई प्लास्टिक मल्चींग भनिन्छ । यो सस्तो, सजिलोसँग उपलब्ध हुने र सबै मोटाई अनि रङ्ग मा उपलब्ध हुन्छ ।

प्लास्टिक मल्चींगको प्रकार:-

प्लास्टिक विभिन्न रङ्ग जस्तै कालो, पारदर्शी, पहेलो/कालो , सेतो/ कालो, कालो/रातो प्लास्टिकको रुपमा उपलब्ध हुन्छ । सामान्यत: कालो या सेतो कालो रङ्गको प्लास्टिक मल्चींग मुख्यत: प्रयोग गरिन्छ ।

प्लास्टिक मल्चींगको छनोट:-

यसको छनोट खेतीको आवश्यकताको अनुसार नै गरिन्छ जस्तै झारपात नियन्त्रण, तापक्रमलाई बढी कम गर्ने एवं रोग नियन्त्रण इत्यादि । सामान्यत: ९० – १२० सेमी चौड़ा प्लास्टिकको प्रयोग गर्नु पर्दछ, जसकारण कृषि कार्य सजिलोसँग सम्पन्न हुन सकोस ।

प्लास्टिकको मोटाइ:-

यो सामान्यत: खेतीको प्रकार एवं उसको समयको अनुसार छनोट गर्नु पर्दछ । विभिन्न खेतीको लागि प्लास्टिकको मोटाइ निम्न प्रकार हुनु पर्दछ ।

मोटाई ७ माइक्रोन मुंगफला, २०-२५ माइक्रोन वार्षिक अवधिको खेती, ४०-४५ माइक्रोन द्विवार्षिक मध्यम अवधि खेती, ५०-१०० बहुवार्षिक लामो अवधि खेती।

प्लास्टिक बिछाउने तरिका:-

प्लास्टिकलाई बिरुवा लगाउनु भन्दा अगाडी नै प्रयोग गरिन्छ । खेतमा क्यारी बनाउनेको साथै प्लास्टिकको बिछ्याएर किनाराबाट दबाईन्छ । यसको लागि कामदार लगाएर गर्दा समय वा धन दुबैको नोक्सान हुन्छ । अत: वर्तमान समयमा ट्रेक्टरद्वारा प्लास्टिक बिछ्याउने मेसिन पनि उपलब्ध छ ।

प्लास्टिक बिछ्याउने समयमा निम्न कुराको ध्यान दिनु पर्दछ

– मल्चींग सब्जीको खेती जस्तै टमाटर, गोबि आदिको लागि प्रयोग गारिन्छ ।

– प्लास्टिकमा प्वाल ठुलो पाइप हतौदा तथा पंचको माध्यमबाट बनाइन्छ ।

– खेतीको लागि चाहिने मल खादहरु प्लास्टिक भुइँमा बिछ्याउने भन्दा पहिलै मिलाउन एकदम उपयुक्त हुन्छ ।

– बीउ वा बिरुवा प्लास्टिकको प्वालको सिधा लगाउनु पर्दछ ।

सिंचाई व्यवस्था:-

प्लास्टिक मल्चींग प्रयोग गरिएको खेतीमा ड्रिप सिंचाई विधि उपयुक्त हुन्छ । यो विधिमा लेटरललाई प्लास्टिकको मुनि राखिन्छ जसबाट सिचाई राम्रोसँग र सजिलोसँग हुन्छ तथा बिरुवाको चिस्यानको नियंत्रण हुन्छ । वा लेटरल एवं ड्रिपरलाई प्लास्टिकको माथि राखेर पातलो पाइपको माध्यमबाट वा प्लास्टिकमा छिद्र बनाएर पानीको प्रवाह सुनिश्चित गरिन्छ ।

प्लास्टिकको हटाउने एवं पुन प्रयोग:-

प्लास्टिकलाई खेतीको कटाईको पछि खेत बाट हटाएर सहि तरिका सग पुनः प्रयोगको लागि राख्नु पर्दछ, यदि यो प्रक्रिया गरिएन भने खेतमा प्लास्टिक प्रदूषणको समस्या हुन सक्दछ ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू