Sunrise appliances
Homeकृषिआधुनिक कृषि प्रणालीको लागी ३ यस्ता प्रविधिबारे जानौ

आधुनिक कृषि प्रणालीको लागी ३ यस्ता प्रविधिबारे जानौ

हालको समयमा नेपालको कृषि क्षेत्रले धेरै नै ब्याकपता पाइरहेको छ। समयको गति सगैं नेपालको कृषि क्षेत्रमा नयाँ प्रबिधिहरुको प्रयोग पनि हुदैआइरहेको हामिले देख्न सक्छौ। अहिले कृषि क्षेत्र किसानको मात्र नभएर विध्यार्थी, युवा, व्यापारी गर्दै देशको बिकासको अभिन्न अङ्गको रुपमा रहेको छ। देशको ६०.४ % जनसङख्या कृषि मै निर्भर रहेर जिविकोपार्जन गरिरहेका छन्। देशको तिब्र बिकासमा कृषिको महत्वपुर्ण भूमिका रहेको हुनाले पनि अन्तिम दशक यता सरकारले पनि कृषि क्षेत्रको विकासमा प्राथमिकता दिदै आइरहेको छ। यस्तै क्रममा नेपालमा आधुनिक कृषि प्रणालीको प्रचलन् बढ्दै छ। कृषिप्रधान देश भएतापनि अन्य देशमा कृषि उपजको लागि निर्भर रहनु पर्दा आधुनिक कृषि प्रणालीको प्रयोग गरी कृषि उत्पादन् बढाउन पर्ने आजको आवश्यकता पनि हो। हाल कृषि प्रणाली लाइ अझ आधुनिक बनाउने यस्ता प्रविधिहरू छन्, आउनुस ती प्रविधिहरु बारे जानौँ

प्लास्टिक टनेल:-

आधुनिक तरिकाले प्लास्टिकको कटेरो बनाइ त्यसभित्र खेति गरिन्छ । यसो गर्दा बाहिरका मौसम जस्तो गर्मि चिसो भए पनि टनेल हाउसले खेतिकोलागी अनुकुल वातावरण बनाउन मद्दत गर्छ । बिशेष गरि बेमौसमि तरकारी खेतिहरु टमाटर, भिण्डी, खुर्सानी, काँक्रा, करेला, च्याउ आदी खेतिको लागी यो प्रबिधि अति उत्तम हुन्छ ।

प्लास्टीक मल्चिङ:-

लगाइएको खेतिमा झारपात नआवस र माटो ओसिलो भइ खेतिको लागी अनुकुल माटो भइ बसोस भनेर प्लास्टीक मल्चिङ गरिन्छ । यसो गरे झारपात नआउने लगाइएको मलखाद सम्बन्धीत खेतीले मात्र पाउने र मल्चिङको कारण घाम पानीको असर नपर्ने हुनाले खेति सप्रन्छ र उत्पादन बढी दिन्छ । खुर्सानी, टमाटर, कोभि, अदुवा आदी यो प्रबिधिले गरे राम्रो हुन्छ ।

प्लास्टीक नर्सरी ट्रे:-

बिभिन्न बालीहरु भरखर बेर्ना अवस्थामा अति संबेदनशिल हुन्छ, सामान्य असरले पनि बिरुवा नसप्रने रोगिने र नसर्ने हुन्छ यस्को लागी नर्सरी ट्रे अति उपयोगीत हुन्छ । यसरी नर्सरी ट्रेमा तयार पारीएको बिरुवा १००℅ जस्ताको तस्तै सर्ने भएकोले छिटो र बढी आम्दानी दिन्छ । टमाटर, कोभि, खुर्सानी, काँक्रा, फर्सी, करेला घिरौला, लौका आदी यो प्रबिधिले गरे राम्रो हुन्छ ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू