Sunrise appliances
Homeकृषिव्यवसायीक कृषि गर्न प्लास्टिक टनेल चाहियो के गर्ने कहाँबाट ल्याउने ?

व्यवसायीक कृषि गर्न प्लास्टिक टनेल चाहियो के गर्ने कहाँबाट ल्याउने ?

मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्दै आएका किसानको सहजताको लागी विभिन्न निकाय जस्तैः कृषि मन्त्रालय, कृषि ज्ञान केन्द्र विभिन्न नगरपालिका वा गाउँपालिकाले चालु आर्थिक वर्षको बजेट स्वीकृत कार्यक्रम अनुसार किसानलाई प्लास्टिक टनेल वितरणमा ५० देखि ८० प्रतिशत अनुदान रकम वितरण गर्ने गरेका छ्न । सम्बन्धित निकायले सार्वजनिक गरी कार्यक्रममा समावेश हुन ईच्छुक कृषक, कृषक समुहलाई सुचना प्रकाशित भएको मितिले १५ दिन भित्र दरखास्त पेश गर्न आव्हान गर्ने गरेको हुन्छ । आवश्यकता भएका तथा थप व्यवसाय वृद्धि गर्न अनुदानको रकम चाहिएमा कृषि क्षेत्रमा काम गर्ने सम्बन्धित किसानले अनुदान बितरणको लागि सुचना जारी गरेको समयावधि भित्र सम्पुर्ण कागजात सहित पेस गर्नुपर्ने हुन्छ ।

ब्यक्तिका लागी आवस्यक कागजातहरु :

-निवेदन

-नागरिकताको प्रमाणपत्र

-फर्मको दर्ता प्रमाणपत्रहरु

-वडा कार्यलयको सिफारिस

समुह, सहकारी सहकारी संस्थाको लागी

-निवेदन

-समूह सहकारी निर्णयको प्रतिलिपी

-दर्ता / नविकरण गरेको प्रमाण पत्रको प्रतिलिपीहरु

-वडा कार्यलयको सिफारिस पत्र

-दर्खास्त दस्तुर राजश्व फाँटमा तिरेको रशिद

आवश्यक कागजात पेस गरिसकेपछि सम्बन्धि निकायले अध्यन- अनुसन्धान पछि अनुदान रकम उपलब्ध गराउनेछ । तस्बिरमा कृषि ज्ञानकेन्द्र ईलामले यस क्षेत्रका किसानलाई अनुदान उपलब्ध गराई बनाइएको प्लास्टिक टनेल हो।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू