Sunrise appliances
Homeकृषिप्लास्टिकको टनेल निर्माण गर्ने हो ? आउनुहोस टनेल निर्माण गर्न सिकाैँ

प्लास्टिकको टनेल निर्माण गर्ने हो ? आउनुहोस टनेल निर्माण गर्न सिकाैँ

नेपालमा सामान्यतया प्लास्टिक टनेल तथा बाँसको प्लास्टिक घर बढी प्रचलित छ । सामान्यतया ५ मिटर चौडाई र २० मिटर लम्बाईको प्लास्टिक घर राम्रो मानिन्छ । प्लास्टिक घरको निर्माण गर्दा भने बिज्ञहरुको सहयोग लिनु आवश्यक छ । प्लास्टिक घर मित्र सापेक्षित आद्रता ७० देखि ९० प्रतिशत र तापक्रम करिब २० डिग्री सेल्सियस हुनु बिरुवाको वृद्धि बिकासका लागि उपयुक्त मानिन्छ ।

प्लास्टिक घरभित्र खेति गरिने मुख्य तरकारीहरू :

प्लास्टिक घरभित्र सबै प्रकारका तरकारी बालीहरु लगाउन सकिन्छ। बिशेषत बेमौसममा बढी मूल्य जाने तरकारी बालीहरु प्लास्टिक घरमा लगाउने गरिन्छ । सामान्यता गोलभेडा, काक्रो, खुर्सानी, सिमि, भन्टा, सागपात, भिंडी, काउली, बन्दा, फर्सि, लौका, करेला तथा केराउ लगायतका तरकारीहरू प्लास्टिक घरमुनि लगाउने चलन बढ्दो छ ।

जग्गा तथा प्लास्टिक छनोट :

सामान्यतया समुद्री सतहदेखि ५०० देखि १७०० मिटरको उचाई , प्रशस्त सूर्यको प्रकाश पर्ने तथा जोडले हावा नचल्ने क्षेत्र प्लास्टिक घरभित्र तरकारी खेति गर्न राम्रो मानिन्छ । भिरालो र बर्षामा भेल पस्ने तथा पानि जम्ने ठाउमा प्लास्टिक घर बनाउनु हुदैन। प्लास्टिक छनोट गर्दा भने उचित प्रकाश छिर्ने ९० देखि १२० जीएसएम सम्मको प्लास्टिक प्रयोग गर्न सकिन्छ। धेरै बाक्लो प्लास्टिक प्रयोग गर्दा प्लास्टिक घरभित्र प्रकाश कम पर्ने हुन्छ जुन उपयुक्त मानिदैन ।

टनेलको फाईदा के हो ?

वर्षा को पानी रोक्न र हिउद मा चिसो बाट जोगाउन ।

बर्षात को बेला डडुवा रोग बाट बचाउन । मलखाद, बिषादी, भिटामिनको खपत राम्रोसंग हुन्छ यानी नोक्सान भएर जाने सम्भावना कम हुन्छ । उत्पादन बृदि हुन्छ, गोलभेडाको हकमा प्रति वर्ग मिटर १२ देखि २० के जी अनि ६००० देखि १०,००० सम्म प्रति रोप्ने लिन सकिन्छ तर, खुल्लामा भने मात्र ३००० देखि ४००० के जी मात्र फ़लाउन सकिन्छ । बिरुवामा रोग किराको संक्रमण नहुदा बिरुवाको आयु बढ्छ र उत्पादन समेत बढ्छ ।

प्लास्टिक टनेल कति उचाई सम्म बनाउन् सकिन्छ ?

८०० देखि २६०० मिटर उचाई भएको स्थान सम्ममा गर्न सकिन्छ तर १२०० मिटर देखि २००० मिटर राम्रो हुन्छ ।

टनेल कस्तो ठाउँमा निर्माण गर्ने ?

बारी वा खेत तर पानी नजम्ने वा पानीको निकाश सजिलै हुने ठाउँ उपयुक्त हुन्छ । भिरालो जमिन राम्रो हुन्छ तर ठिक्कको भिरालो छ भने एक पाखे प्लास्टिक घर बनाउदा राम्रो हुन्छ । दिनभरि घाम लाग्ने पारिलो स्थान, सिंचाईको राम्रो व्यवस्था भएको, सेपिलो ठाउँ राम्रो हुदैन, पानी जम्ने, भेल आउने जमिन उपयुक्त हुदैन ।

प्लास्टिक घर कति छेत्रफलको राम्रो हुन्छ ?

चौडाई ५ मिटर बढीमा ६ मिटर र लम्बाई २० मिटर बढीमा ३० मिटर ।

प्लास्टिक घर को उचाई ?

मध्ये पहाडी छेत्रको लागि (८०० देखि १६०० मिटर सम्म )

बिचको मुख्य खाबाको उचाई १० फिट, जमिन भित्र गाड्ने २ फिट, जमिन माथिको उचाई ८ फिट, छेउको खाबाको उचाई ८ फिट भित्र गाड्ने २ फिट जमिन माथिको उचाई ६ फिट ।

एक पोल देखि अर्को पोल को दुरी २.५ मिटर ( ५ मिटर चौडाई भएमा ) , एक पोल देखि अर्को पोलको दुरी ३ मित्र येदि ६ मिटर चौडाई भएमा ।

घरको आकार ?

उच्च पहाडको लागि गुमोज आकार, मध्ये पहाडीको लागि दुइ पाखे गोठ जस्तो ।

बलोको आबस्यकता ?

एक प्लास्टिक घरमा तिन लहर पोल हुन्छन जसमा एक लहर र दुइ लहर बलेशी हुन्छन । अत : प्रतेक पोलको लहरमा एक एक वटा बलोको आबस्यकता पर्छ प्रतेक पोललाई बलासंग राम्ररी बाध्नु पर्छ ।

छानोमा भाटा राख्दा के गर्ने ?

एउटा २० मिटर लम्बाई ५ मिटर चौडाई घरमा एक भाटाबाट अर्को भाटाको दुरी ४० से मि को फरकमा राख्दा ५० वटा भाटाको आबस्यकता पर्छ । ५० वटा बनाउन को लागि ९ वटा बाँसको आबस्यकता पर्छ ।

तस्बिर -मकवानपुरको थाहा नगरपालिकामा निश्चल शाक्यले बनाएको जापानीज हाइटेक प्रबिधिको टनेल

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू