Sunrise appliances
Homeकृषिसुर्यमुखी खेती लगाउने सिजन सुरु भयो, जाँनौ सबै जानकारी

सुर्यमुखी खेती लगाउने सिजन सुरु भयो, जाँनौ सबै जानकारी

सुर्यमुखी हाम्रो देशमा बर्षे तथा बसन्ते मौसममा लगाउन सकिन्छ,तर वीउ रोप्ने उपयुक्त समयको भने छनौट गर्नु पर्दछ । बर्षे खेतीका लागि जेठको तेस्रो-चौथो हप्ता, तथा बसन्ते मौसमका लागि फाल्गुनको तेस्रो-चौथो हप्तामा लगाउनु पर्दछ । वीउ राख्नु अघि पछि गर्दा प्रतिकूल मौसमले असर गर्दछ । नेपालमा यो बाली धेरै जसो बसन्ते मौसममा लगाईन्छ र यसको लोकप्रियता बढ्दै गएको छ । बर्षे मौसममा लगाउदा रोग कीराको आक्रमण बढी हुने गर्दछ ।

यो वालीको वीउमा ४५–५०% सम्म उच्च गुणस्तरको तेल पाइन्छ । यसको तेलले रगतमा भएको कोलेस्ट्ललाई नियन्त्रित गर्ने भएकाले हृदयरोग तथा मधुमेहका रोगीहरुका लागि लाभकारी मानिन्छ । तेल हल्का पहेंलो,वासना आउने र सबै किसीमको पकवानमा प्रयोगमा ल्याइन्छ । विदेशबाट ल्याइएको सुर्यमुखी तेल बजारमा प्रशस्तनै विक्री भईरहेछ । दोमट माटो यस वालीको लागि उत्तम मानिन्छ । माटोको पि.एच. ६.५ देखि ८.५ सम्म भए उपयुक्र मानिन्छ । यो बालीको लागि पानी जम्न दिनु हुँदैंन ।

१. सुर्य मुखी कस्तो हावापानी भएको ठाउँमा लाग्ने बाली हो ?

यो बालकिो उम्रने र बेर्ना हुर्कने समयमा चिसो पन चाहिए पनि त्यस पछि फुल फुल्ने र पाक्ने समयमा गर्मी हावापानी नै चाहिन्छ । फुल खेल्ने बेलामा बर्षा भएमा वीउ रतेल दुबैको उत्पादनमा ह्रास आउंदछ । राम्रो खेतीका लागि तापक्रम २०–३५डिग्री सेन्टिग्रड हुनु पर्दछ ।

२. सुर्यमुखी लगाउने उपयुक्त समय कुन हो ?

सुर्यमुखी हाम्रो देशमा बर्षे तथा बसन्ते मौसममा लगाउन सकिन्छ,तर वीउ रोप्ने उपयुक्त समयको भने छनौट गर्नु पर्दछ । बर्षे खेतीका लागि जेठको तेस्रो९चौथो हप्ता, तथा बसन्ते मौसमका लागि फाल्गुनको तेस्रो-चौथो हप्तामा लगाउनु पर्दछ । वीउ राख्नु अघि पछि गर्दा प्रतिकूल मौसमले असर गर्दछ । नेपालमा यो बाली धेरै जसो बसन्ते मौसममा लगाईन्छ र यसको लोकप्रियता बढ्दै गएको छ । बर्षे मौसममा लगाउदा रोग कीराको आक्रमण बढी हुने गर्दछ ।

३. यो बालीको लागि कस्तो माटो उपयुक्त हुन्छ ?

दोमट माटो यसका लागि उत्तम हुन्छ । माटोको पि.एच. ६.५ देखि ८..५ सम्म भए उपयुक्र मानिन्छ । यो बालीमा पानी जम्नु हुँदैन ।

४. नगदे बालीका रुपमा यसको कस्तो महत्व छ ?

यो वालीको वीउमा ४५–५०% सम्म उच्च गुणस्तरको तेल पाइन्छ । यसको तेलले रगतमा भएको कोलेस्ट्ललाई नियन्त्रित गर्ने भएकाले हृदयरोग तथा मधुमेहका रोगीहरुका लागि लाभकारी मानिन्छ । तेल निकाले पछि बन्ने पिना पनि प्रोटिनको राम्रो स्रोत भएकाले पशु आहाराका लागि प्रयोग हुन्छ । यसरी यो बाली नगदे बालीको रुपमा प्रचलित छ । यसको तेल हल्का पहेंलो,वासना आउने र सबै किसीमको पकवानमा प्रयोगमा ल्याइन्छ । विदेशबाट ल्याइएको सुर्यमुखी तेल बजारमा प्रशस्तनै विक्री भईरहेछ । कुनै कुनै जातको वीउ खानमा पनि प्रयोग गरिन्छ ।

५. यो बालीको नामकै बारेमा प्रांरभिक जानकारी पाईन्छ ?

परापूर्वकाल फुलको रुपमा लगाईएको आलंकारिक विरुवा हो । सूर्यतिर फर्केर फुल्ने हुनाले सुर्य मुखी भनिएको हो । फलमा भएको वीउबाट तेल निकाली प्रयोग हुने भएकाले महत्वपूर्ण नगदे बालीका रुपमा लोकप्रिय छ ।

६. झारपात नियन्त्रण र उप्केरा कहिले लगाउनु पर्दछ ?

वीउ छरको ६० दिन सम्म बाली झारमुक्त हुनु पर्दछ । बोट घुंडा घुंडा अग्लो भएको बेला गोडमेल अवश्य पनि गर्नु पर्दछ र उप्केरा लाउनु पर्दछ, जसले गर्दा पछि बोट फुल फुल्ने समयमा नढलोस । झार नियन्त्रणको लागि विषादी छर्नु पर्दा वीउ छरेको ३ दिन भित्र झारनाशक विषादी पेन्डिमिथालिन १००–१३० एम.एल,१३–१६ लिटर पानीमा मिसाई प्रति कटृाका दरले छर्नु पर्दछ । यस पश्चात पछि पुनः झारको प्रकोप बढी भएमा हातले उखेल्ने वा मेसिन प्रयोग गर्ने सल्लाह दिइन्छ ।

७. सुर्यमुखीमा सिंचाई कहिले दिनु पर्दछ ?

बसन्ते मौसममा लगाएको सुर्यमुखीमा आवश्यकता अनुसार सिंचाई दिनु पर्दछ । चिस्यान कम भएमा वीउ छर्नु भन्दा अगाडी सिंचाई गरी वीउ एक रुपले उम्रने बाताबरण मिलाउनु पर्दछ । यस बाहेक विरुवा ४–५ पात भएको बेला, फुल फुल्नु भन्दा अगाडी र दाना लाग्ने बेलामा सिंचाई दिन आवश्यक हुन्छ । साधारण तया बर्षे मौसममा लगाएको बालीमा भने सिंचाई चाईदैन तर पनि पानी नपरेमा फुल फुल्ने बेलामा एक पटक सिंचाई दिन आवश्यक हुन्छ ।

८. सुर्यमुखी खेती गर्दा बदलिदो जलवायु परिवर्तनको सामना कसरी गर्न सकिन्छ ?

यो खेती गर्दा मिश्रित वाली प्रणाली अपनाउदा जलवायु परिवर्तनको सामना भएको हुन्छ । उखु खेतीमा सुर्यमुखी,मकैसंग मिश्रित खेती आदि गर्दा तापक्रममा सन्तुलन,चिस्यानको संरक्षण आदि भएको हुन्छ ।

९. बाली कतिवेला भित्र्याउनु पर्दछ ?

टिपेका फुलका टाउकाहरु घाममा राम्ररी सुकाउनु पर्दछ र टाउकोको बीच भागमा लठ्ठीले विस्तारै चुट्दै दाना निकाल्नु पदृछ । ब्यावसायिक खेती गर्दा दाना चुट्न थ्रेसर मेशिन पनि प्रयोग गर्न सकिन्छ । तेल निकाल्नु पर्दा वा वीउ भण्डारण गर्नु पर्दा चिस्यान १०५ भन्दा बढी हुनु हुंदैन । यसका लागि दानालाई घाममा राम्ररी सुकाउनु पर्दछ ।

१०. सुर्यमुखीमा सुगाबाट पनि धेरै नै क्षति हुन्छ । यसको नियन्त्रणको पनि केहि उपाय छ कि ?

नियन्त्रण गर्न सकिने केहि उपायहरु यस प्रकार छन :

-एकातिर सेतो र अर्कोतिर रातो पोलिएको अल्मुनियम रिबन पाईन्छ, यसलाई बटारीखेत बारीमा राख्दा यो घाममा चम्कने र हावाको प्रवाहले आवाज समेत आउने हुदा सुगा तथा अन्य चराहरु नियन्त्रण भएको पाईएको छ ।

-खेतवारीका छेउ तथा बीचका ठूला फुलहरुलाई पत्रिका तथा पुराना कपडाको थैलाले छोपी दिनाले पनि केहि कम गराउन सकिन्छ ।

-फुलको वरिपरि मालाथियन झोल छर्नाले यसको गन्धले सुगाको प्रकोप केहि कम हुन्छ ।

-मानिस राखेर धपाउने पनि गर्न सकिन्छ ।

११. बाली टिप्ने बेला भयो भनेर कसरी थाहा पाउने ?

सुर्यमुखीको टाउको (फुलको चाक्लो भाग) को तल भाग जब खैरो पहेंलो हुन्छ, यसको टिप्ने बेला भयो भनेर बुभ्नु पर्दछ । यसबेला टाउको चिस्यान २० हुन्छ । सबै टाउको एकै पटक पाक्दैन र २–३ पटक गरी टिप्नु पर्दछ ।

१२. फुलमा वीउ खन्ने कीराको प्रकोप कस्तो हुन्छ र यसको रोकथाम कसरी गर्न सकिन्छ ?

पतेरो कीरा र सुर्ति तथा चना बालीमा लाग्ने लाभ्रे कीराले फुल तथा दाना खाएर क्षति पु्याउदछ । पतेरोले वीउमा भरिन लागेको दूध चुसी दाना फोस्रो बनाउदछ भने लाभ्र्रेहरुले सिंगै दानानै खाएर फुलको थुंगा खाली बनाउंदछ ।

रोकथामका उपायः

-यि कीराहरुको रोकथामको लागि मोनोक्रोटोफस १ मि.लि. प्रति लिटर पानीमा घोली फुलको वरिपरि भिज्ने गरी छर्नु पर्दछ ।

१३. यो बालीमा पात खाने कीराहरु कुन कुन हुन र यिनीहरुको रोकथाम कसरी गर्नु पर्दछ ?

यो बालीमा धेरै प्रकारका लार्भेहरुले पात खाई नोक्सान पुर्याउंदछन् । यस बाहेक लाही र फड्के कीराले पनि रस चुसेर डढेको जस्तो बनाउदछन् ।

रोकथामका उपायहरु :

यी कीराहरुको रोकथामका लागि मोनोक्रोटोफस १ मि.लि. प्रति लिटर पानीमा घोली १०-१५ दिनको फरकमा दुइपटक बोट भिज्ने गरी छर्नु पर्दछ ।

१४. यो बालीमा लागने बेर्ना काट्ने कीराको क्षतिको लक्षण कस्तो हुन्छ र ब्यवस्थापन कसरी गर्ने ?

बेर्ना काट्ने कीरा खुम्रे पनि हो । यसले साना विरुवालाई जमिनको सतहमा काटी क्षति पुर्याउदछ ।

ब्यवस्थापन :

-माटोमा बस्ने कीराको प्रकोपबाट बचाउन वीउ छर्नु भन्दा अगाबै माटोको उपचार गर्न सकिन्छ । यसका लागि क्लोरोपायरिफस ६ लिटर ६०० ७०० लिटर पानीमा घोली प्रति हेक्टरका दरले माटोमा स्प्रे गर्नु पर्दछ ।

१५. यो बालीमा लाग्ने ओईलाउने रोगको लक्षण कस्तो हुन्छ र कसरी ब्यवस्थापन गर्ने ?

यो पनि ढुसि जन्य रोग हो । यो रोग जुनसुकै बेला लाग्न सक्तछ । सेतो ढुसीको बृद्धि माटोको सतहमा बोटमा देखिन्छ र रायोको दाना जस्ता गिर्खा रोग ग्रस्त भागमा देखिन्छन् । रोगी बोटलाई टाढाबाट ओईलाएको देखिन्छ ।

ब्यवस्थापनः

-रोगी बोटलाई वरिपरिको माटो सहित जम्मा गरी जलाउनु पर्दछ ।

-झारपात हटाई जमिन सफा राख्ने ।

-घुम्ती बाली अपनाउने ९२–३ सिजन पछि मात्र यो बाली पुनः लगाउने० ।

१६. सुर्यमुखी बालीमा लाग्ने डढुवा रोगको लक्षण कस्तो हुन्छ र कसरी ब्यवस्थापन गर्ने ?

यो रोग ढुसीबाट लाग्दछ । रोग लाग्दा पातमा गाढा खैरो देखि काला थोप्लाहरु देखिन्छन् र पछि गोला थोप्लाको चारैतिर सांघुरो मरेको भाग देखिन्छ । पछि गएर पातहरु सुक्तछन् र मुल स्तम्भमा नुहेर रहन्छन् ।

ब्यवस्थापनका उपायहरुः

-उपचार गरिएको शुद्ध वीउ लगाउने ।

-रोग देखिनासाथ वेभिस्टिन २ ग्राम वा डाईथेन एम.४५, ३ ग्राम प्रतिलिटर पानीमा घोली १५ दिनको फरकमा २९३ पटक स्प्रे गर्ने ।

-फुलको थुंगामा वीउ भरिने समयमा ब्लाइटेक्स २ ग्राम प्रति लिटर पानीमा घोली २ पटक स्प्रे गर्ने ।

१७. यो बाली कुन बाली प्रणालीमा उपयुक्त तरीकाले लगाउन सकिन्छ ?

मौसम अनुसार निम्न बमोजिमको बाली प्रणाली उपयुक्त हुन्छ ।

बसन्ते मौसमका लागिः

-धान–तोरी/रायो+सुर्यमुखी

-धान–मुसुरो/मुसुरों+रायो-सुर्यमुखी

-धान–आलु–सुर्यमुखी

बर्षे मौसमका लागिः

-सुर्यमुखी–मुसुरो/तोरी

-मकैं+सुर्यमुखी–मुसुरों+तोरी

यस बाहेक उखु लगाएको जमिनमा पनि अन्तरबालीको रुपमा सुर्यमुखी लगाउन सकिन्छ ।

१८. सुर्यमुखी बालीमा मलखादको मात्रा कति हुनु पर्दछ ?

यो बालीलाई मलखादको राम्रो ब्यवस्था गर्नु पर्दछ । साधारणतया प्रति कटृा डि.एपी. ४.५ के.जी., यूरिया ५.६ के.जी. र पोटास २.५ के.जी. चाहिन्छ । गोबरमल वा कम्पोष्ट मल प्रयोग गरेमा यूरियाको मात्रा घटाउन सकिन्छ । तर हाईब्रिड जात लगाएमा माथि भनेको परिमाणमा केहि थप गर्नु पर्दछ ।

१९. सुर्यमुखी खेतीका लागी वीउदर तथा रोपांईको दुरी कति राख्नु पर्दछ ?

वीउको मात्रा ६-७ के.जी. प्रति विघा,३-४ से.मी. गहिराईमा हारको दुरी ६० से.मी. र विरुवा देखि विरुवा विचको दुरी २०-२५ से.मी. हुनु पर्दछ ।

२०. वीउको छनौट र उपचार कसरी गरिन्छ ?

वीउबाट सर्ने रोगहरु नलागोस भनेर रोगनाशक औषधी थीरम वा वेभिस्टिन ३ ग्राम प्रति के.जी. वीउका दरले उपचार गरेको हुनु पर्दछ । यस पछि वीउ छर्ने बेलामा वीउलाई १२ घण्टा पानीमा भिजाउने र छायांमा ३–४ घण्टा सुकाउने गर्यो भने वीउ चांडै उम्रन्छ । बाली भरखरै भित्र्याएको नया वीउ प्रयोग गर्नु हुंदैन ।

२१. मोडर्न जातको छोटो जानकारी दिनु हुन्छ कि ?

यसको बोट होचो ९८०–६० से.मी. हुन्छ । थुंगा आकर्षक रवीउ पुष्ट कालो रंगको हुन्छ । बसन्त ऋतुमा ८०–८५ दिनमा पाक्दछ र सरदर उत्पादन १ टन प्रति हेक्टर हुन्छ ।

२२. पेरेडोमिक जातको छोटो जानकारी पाउन सकिन्छ ?

यसको बोट अग्लो ९१६०–१८५ से.मी. हुन्छ र बोटमा हांगा हुंदैन । सरदर उत्पादन १५–२० क्विन्टल प्रति हेक्टर छ । बसन्त ऋतुमा यो ९०–९५ दिनमा पाक्दछ । वीउ कालो रंगको हुन्छ ।

२३. यो बालीलगाउन कुन कुन जातका वीउहरु उपलब्ध छन् ?

हालसम्म हाम्रै देशमा अनुसन्धान भई कुनै पनि जातहरु सिफारिस गरि सकिएको छैन । तथापि कृषकहरुले बाहिरबाट आएकै वीउ स्रोतबाट लगाइएको प्रचलित जातहरु हुनः पेरे डोभिक मोडर्न । अनय केहि हाइब्रिड जातहरु पनि लगाइन्छन् जसको उत्पादन अनय उन्नत जात भन्दा बढि छ । तर हाईब्रिड लगाउदा आफ्नै बालीबाट वीउ राख्न सक्तैनन् ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू