Sunrise appliances
Homeकृषिउत्पादन लागत घटाउन कृषिमा यान्त्रिकीकरण

उत्पादन लागत घटाउन कृषिमा यान्त्रिकीकरण

गलकोट (बागलुङ), फागुन १७ गते । बागलुङ नगरपालिकाले कृषिजन्य वस्तुको उत्पादन लागत घटाउनका लागि यान्त्रिकीकरणको प्रयोगमा जोड दिएको छ । नगरपालिकाले नीति तथा कार्यक्रममा स्वीकृत योजनाअन्तर्गत किसानलाई अनुदानमा थ्रेसर मेसिन प्रदान गरेको हो ।

नगरपालिकाले पाँच सय किसानलाई सेवा दिनेगरी तीनवटा किसान समूह, एउटा सहकारी संस्था र छ किसानलाई गरी १० वटा थ्रेसर मेसिन पचास प्रतिशत अनुदानमा उपलब्ध गराएको हो । नगरपालिकाले वडा तहगतरुपमा पायक पर्ने गरी गहुँ, कोदो र धान चुट्ने थ्रेसर मेसिन हस्तान्तरण गरिएको जनाएको छ । दक्ष जनशक्तिको अभावमा खेतीयोग्य जमिन बाझिँदै गएपछि कृषिमा यान्त्रिकीकरण बढाउन सुरु गरिएको नगरप्रमुख वसन्तकुमार श्रेष्ठको भनाइ छ । 

गत वर्ष मिनीटेलर हलो अनुदानमा वितरण गरेको नगरपालिकाले यसपटक थ्रेसर मेसिन हस्तान्तरण गरेको उहाँले जानकारी दिनुभयो । नगरपालिकाले चालु आर्थिक वर्षमा मेसिन खरिदका लागि तीन लाख बजेट विनियोजन गरेको थियो । नगरपालिकाले एउटा थ्रेसर मेसिनलाई ५८ हजारमा खरिद गरी ५० प्रतिशत अनुदानमा किसानलाई उपलब्ध गराएको हो । “एउटा मेसिनले ५० घरलाई धान, गहुँ, तोरी र कोदो चुट्न पुग्छ । प्रविधिको प्रयोगले जनशक्ति पनि कम खर्च हुन्छ”, नगरप्रमुख श्रेष्ठले भन्नुभयो, “लागत घटेपछि किसानलाई नाफा बढ्छ ।” 

गाउँमा युवा पलायनले जनशक्ति नहुँदा धान, गहुँ, कोदो स्याहार्न समस्या हुने भएपछि अनुदानमा मेसिन उपलब्ध गराइएको उहाँको भनाइ छ । अनुदानमा थ्रेसर मेसिन पाउँदा सहज भएको किसान सुरेश विकले बताउनुभयो । “दैनिक ज्यालादारीमा धान, गहुँ चुट्दा धेरै खर्च लाग्छ, थ्रेसर मेसिनले एकै घण्टामा सक्ने काम दिनभर गर्न गाह्रो हुन्छ, यसले समय र खर्च दुवै बचाएका छ”, विकले भन्नुभयो । पालिकाले कालीमाटी कृषक समूह, ठाडाँस्वारा कृषक समूह, रुम्टा कृषक समूह, पालुवा कृषि सहकारी र छ किसानलाई मेसिन हस्तान्तरण गरिएको जनाएको छ । रासस 

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू