Sunrise appliances
Homeकृषिकिसानलाई उन्नत जातको मकैको बीउ अनुदानमा

किसानलाई उन्नत जातको मकैको बीउ अनुदानमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई उन्नत जातको मकैको बीउ अनुदानमा उपलब्ध गराएको छ । गाउँपालिकाले उन्नत जातको ‘रामपुर कम्पोजिट’ र ‘मनकामना ३’  जातको मकैको बीउ अनुदानमा उपलब्ध गराएको हो । 

गाउँपालिका कृषि शाखा प्रमुख  आशिष त्रिपाठीका अनुसार ६० प्रतिशत  अनुदानमा  मकैको बीउ उपलब्ध गराइएको हो । इच्छाकामना गाउँपालिकाका किसान मकै छर्ने तयारीका लागि खेतबारीमा व्यस्त छन् ।

खनजोत उनीहरूको प्रमुख दिनचर्या बनेको छ । गाउँपालिकाले हाल सम्म ५७ क्विन्टल मकैको बीउ वितरण गरिसकेको उनले बताए । गाउँपालिकाले सातै वडामा ६० क्वीन्टल  मकैको बीउ किसानलाई अनुदानमा उपलब्ध गराउने योजना रहेको उनले जानकारी दिए । 

इच्छाकामना गाउँपालिकाका किसानहरूको मुख्य खाद्य बाली मकै हो । गाउँपालिका कृषि शाखाका अनुसार इच्छा कामनाको सात वटै वडामा  एक हजार पाँच सय भन्दा बढी हेक्टर  क्षेत्रफलमा मकै खेती हुने गरेको छ ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू