Sunrise appliances
Homeकृषिनेपालमा व्यवसायिक काँक्रो खेती कसरी गर्ने जानी राखौ ?

नेपालमा व्यवसायिक काँक्रो खेती कसरी गर्ने जानी राखौ ?

लहरे समूह अन्तर्गत पर्ने वालीहरुमा काक्रो पनि एक हो। यसको प्रयोग सलादको रुपमा बढी गरिन्छ। यसको साथ साथै ताजा अचार खल्पी तथा तरकारीको रुपमा पनि गरिन्छ। काँक्रोको पछिल्लो समय व्यवसायिक रुपमा खेती गर्न थालिएको छ। यसको खेती न्यानो तथा गर्मि मौसम गर्न सकिन्छ। काँक्रोमा खनिज लवणहरु, भिटामिन वी, र सी तथा अरु शक्तिवर्दक तत्वहरु पाईृन्छन् । काँक्रोमा धेरै औषधीय गुणहरु हुन्छन् भने काँक्रो खानाले ग्याष्ट्रिक, अम्लिएता, कब्जिएत र मोटोपनसमेत घटाउन मद्दत गर्दछ। स्वास्थ्य उपयागी काँक्रोको खेती कसरी गर्ने महत्पूर्ण टिप्सहरु जान्न आवस्यक छ।

कस्तो किसिमको हावापानीमा राम्रो फस्टाउँछ ?

यो न्यानो तथा गर्मि मौसमको वाली हो । दिनको तापक्रम २० देखि ३० डि.से. र रातको तापक्रम १५ डि.से. सम्म हुँदा बोटको वृद्धि एवम फल उत्पादन राम्रो हुन्छ । यसले तुषारो सहन सक्तैन ।

काक्रोलाई कस्तो किसिमको माटो उपयुक्त हुन्छ ?

यसको लागि बलौटे दोमट तथा बलौटे पाँगो माटो राम्रो हुन्छ । माटोको पि.एच. मान ५.५ देखि ६.५ राम्रो मानिन्छ । यसको लागि पानी बढी भए निकासी गर्न सकिने र चिस्यान कम भए सिचाई गर्न सकिने पारिलो जमिन उपयुक्त हुन्छ ।

काँक्रो रोप्दा जमीन तयार पार्ने तरिका

जमिनलाई २-३ पटक राम्रोसँग जोतेर माटो बुर्बुराउदो बनाउनु पर्छ। सुख्खा र गर्मी याममा १.५ मिटर चौडा र वर्षामा २ मिटर चौडा डयाङ्ग बनाउनु पर्दछ। दुई डयाङ्गको विचमा ३० सेन्टिमिटर चौडा र १५ सेन्टिमिटर गहिरो कुलेसो बनाउनु पर्दछ।

काँक्राको वीउ सोझै रोप्ने परम्परा देखि चलिआएको खेती प्रविधि हो तर आजकल प्लाष्टिक ब्यागमा विरुवा उमारेर मुख्य खेत वारीमा सार्ने चलन छ किन की यसबाट थोरै जमीनमा नर्सरीको रुपमा विरुवा हुर्काईन्छ र मुख्य खेतवारीमा सारिन्छ जस्ले गर्दा एक डेढ महिना अगाडी नै फसल टिप्न सकिन्छ।

काँक्रोलाई गोडमेल कसरी गरिन्छ ?

काँक्रोको जरा गहिरो नजाने भएकोले १-२ पटक हल्का गोडमेल गरी झारपात हटाई दिनुपर्दछ। लहरा झ्याङ्गिएर आएपछि त्यसको सेपले गर्दा पनि अन्य वालीमा भन्दा कम झारपात आँउदछ।

काँक्रो लहरे वाली भएको कारणले यसको वृद्धि विकास साथै फलेको काँक्रो फल माटोमा परी नसडोस र नबिग्रियोस भन्ने उद्धेश्यका साथ थाँक्रा अथवा छाप्रा दिईन्छ। वोटहरु थोरै संख्यामा भए रुखको हाँगा वा वाँसको लिँगो वोटको नजिकै गाडेर थाँक्रा दिईन्छ। ब्यावसायिक स्तरमा खेती गर्दा १.५ मीटर देखि २ मीटर अग्लो खम्वा गाडी वासको भाटा वा डोरी बाँधेर टाँड बनाईन्छ।

काँक्रो फल टिप्न विहान शीत ओभाए पछि वा बेलुका तापक्रम घटेपछि उपयुक्त हुन्छ । ४-५ दिनको फरकमा फल टिप्दै जानु पर्दछ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू