Sunrise appliances
Homeकृषिकौसी खेती गर्दा घरलाई कम भार पार्न किन ग्रो ब्याग प्रयोग गर्ने...

कौसी खेती गर्दा घरलाई कम भार पार्न किन ग्रो ब्याग प्रयोग गर्ने ?

गमला, काठको बाकस, पुरानो भाँडा, जार, क्यारी जस्ता भाँडामा खेती गर्दा घरलाई बढी भार पर्न सक्छ । कौसी खेती गर्दा घरलाई कम भन्दा कम भार पर्ने गरी गर्नु राम्रो हुन्छ । घरलाई बढी भार पर्न नदिने उपायहरु मध्ये ग्रो व्यागमा खेती गर्नु पनि एक हो ।

ग्रो ब्यागको तौल एकदमै कम हुने भएकाले यसको प्रयोग गरेर खेती गर्दा घरलाई कम भार पर्ने थोपा सिचाइ (एनटियसका) अध्यक्ष खोजराज कटुवालले बताउनुभयो । उहाँका अनुसार एउटा ग्रो ब्याग ५० देखि ७५ ग्रामको मात्र हुन्छ । त्यसमा माटो, कोकोपिट र मल भर्दा एक किलोदेखि डेढ किलो जत्ति मात्र तौल हुन्छ। एउटै साइजको सेतो रङ्का ग्रो ब्याग लहरै राखेर तरकारी खेती गर्दा घरको शोभा समेत बढ्ने कटुवालले बताउनुभयो ।

ग्रो ब्यागको बाहिर किन सेतो रङ हुन्छ ?

कौसी खेतीमा ग्रो ब्याग प्रयोग गर्ने चलन बढ्दै गएको छ । बोरा, गमला, काठको बाकस, क्यारी जस्ता भाँडाकुँडा कौसी खेतीका लागि प्रयोग गर्न सकिने भएपनि ग्रो ब्यागमा खेती गर्दा विभिन्न फाइदाहरु हुने भएकाले ग्रो ब्यागमै खेती गर्ने चलन बढ्दै गएको हो ।

ग्रो ब्यागको भित्र पट्टि कालो भाग हुन्छ भने बाहिर पट्टि सेतो भाग हुन्छ । सेतो भागले विरुवालाई चाहिए जत्ति तापक्रम लिएर गुम्साएर राख्ने र भित्रको कालो भागले जरालाई तापक्रम पठाउने काम गर्ने उहाँले बताउनुभयो।

उहाँले कालो ग्रो ब्यागको प्रयोगले जराहरु मर्ने, बोटविरुवामा खासै राम्रो उत्पादनहरु नहुने भएकाले ग्रो ब्यागको बाहिरी भागमा सेतो र भित्री भाग कालो हुने गरेको बताउनुभयो । ‘जत्ति तापक्रम बढ्यो, त्यत्ति नै जरा विकास हुन पाउँदैन । जरा विकास नभएपछि उत्पादनहरु अलिकति कम हुन्छ, खाद्य तत्व दिन पाउँदैन र उत्पादन कम हुन्छ । त्यही भएर युभि प्लाष्टिककै युभी स्टेलाइजर ग्रो ब्यागहरु प्रयोग गर्नु राम्रो हुन्छ’ उहाँले भन्नुभयो ।

‘ग्रो ब्यागमा भएको सेतो भागले आवश्यक मात्रामा ताप लिएर स्टोर गरेर राख्छ भने कालो भागले जुन बेला विरुवालाई चाहिन्छ, त्यत्तिबेला भित्र सोसेर जरालाई दिने काम गर्छ’ उहाँले भन्नुभयो ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू