Sunrise appliances
Homeकृषिस्थानीय कृषि फार्म भ्रमण गन्तव्य बन्दै डडेल्धुराका उत्कृष्ट कृषि फर्म

स्थानीय कृषि फार्म भ्रमण गन्तव्य बन्दै डडेल्धुराका उत्कृष्ट कृषि फर्म

डडेल्धुराका कृषि फार्महरु व्यवसायिक कृषकहरुको लागि क्षमता विकास गर्ने कृषकका लागि अवलोकन गर्ने गन्तव्य बन्दै गएको छन् । जिल्लाको गन्यापधुरा गाउँपालिका वडा नंं १ मा रहेको भागेश्वर कृषि तथा पशुपालन फार्म लकतडा, ठूलखाली, भिमदत्त राजमार्गसँगै जोडिएको भागेश्वर एग्रिकल्चर एण्ड लाईभस्टक प्रा.लि अमरगढी नपा १ तडिबाटा र अमरगढी नपा २ मौरडामा रहेको अवस्थी एग्रिकल्चर एण्ड लाईभस्टक फार्महरु व्यवसायिक रुपमा स्थापित भए पछि अवलोकन गर्न चाहने कृषकका लागि गन्तव्य बन्दै गएका हुन ।

जिल्लामै बिभिन्न स्थानमा कृषि फार्महरु विकसित भएपछि डडेल्धुराका किसानहरुले वाली कुन लगाउने, कसरी लगाउने, कसरी बिक्रि बितरण तथा बजारीकरण गर्ने व्यवस्थित पशुपालन कसरी गर्ने भन्ने प्राबिधिक परामर्श तथा स्थलगत रुपमा सिप र उत्पादन अवलोकन गरे पछि नयाँ कृषक पनि उत्साहित भएको अवलोकन भ्रमणका लागि रुवाखोला पुगेका अमरगढी नगरपालिका वडा नं. ५ सेलागाउँका कृषक नन्दराज अवस्थीले बताउनुभयाे ।

कृषक अवलोकन भ्रमणबाट आफूहरु खुशी पनि भएको र अब गाउँमा सबै महिलाहरु मिलेर भ्रमणमा देखेका उपलब्धिहरु जस्तै यसरी नै व्यवसायिक कृषि गर्ने सोच बनाएको अमरगढी नगरपालिका वडा नं. ५ सेलागाउँका कृषक डम्बरी देवी अवस्थी र भागरथी देवी अवस्थीले बताउनसभयाे ।

फार्महरुमा अवलोकन गरे पछि कृषकको खेती गर्ने परम्परागत र निर्वाहमुखि कृषि प्रणालीमा सुधार आउने अपेक्षा हुनुका साथै मनग्गे आम्दानी तर्फ आकर्षित मात्र भएका छैनन स्वरोजगारको संभावना अभिबृद्धि भएको कृषक अवलोकन भ्रमण आयोजक संस्था अवस्थी परिवार समाजका अध्यक्ष यज्ञराज अवस्थीले बताउनुभयाे ।

समाजसेवी अवस्थीले सेलागाउँका किसानहरु उत्साहित भएका बेला राज्यका निकायबाट आवश्यक सहयोग दिन सके निर्वाहमुखि कृषि प्रणालीमा क्रियासिल कृषकहरु व्यवसायिक हुने मात्र नभई आर्थिक रुपले पनि समृद्ध हुने विश्वास गर्नु भयो ।

डडेल्धुराका किसानहरुलाई उत्प्रेरित गर्दै आयातित तरकारी बिस्थापन गर्दै अर्गानिक तरकारी उत्पादन तथा स्थानीय बजारलाई आत्म निर्भरताको बाटोमा उन्मुख गराउन नै डडेल्धुराका बिभिन्न स्थानका तरकारी फार्महरुमा करिब १० करोड निजी लगानी छ भने सरकारी अनुदान पनि करोडौं लगानी भईसकेको छ यसलाई व्यवस्थित बनाउनु जरुरी रहेको अगुवा कृषक तथा कृषक व्यवसायी प्रसाद दत्त अवस्थीले बताउनुभयाे ।

केहि वर्ष पहिले कृषक अवलोकन भ्रमणका लागि डडेल्धुराबाट ठूलो धनराशी खर्च र हप्तौ समय लगाएर पूर्वको ईलाम देखि दोलखा, पाल्पा, दाङ, सुर्खेत र तराईका जिल्ला लगायत देशका बिभिन्न स्थानमा पुग्नु पर्ने बाध्यताको अन्त्य भएको छ भने घरछेउमै र जिल्लामै कृषि अवलोकन गर्ने गन्तव्य पाए पछि परम्परागत कृषि प्रणालीमा आधारित कृषकहरु आधुनिक कृषि प्रणाली एवं यान्त्रिकरण कृषि प्रबिधिमा रुपान्तरित पनि भएको अवस्थी एग्रिकल्चर एण्ड लाईभस्टक फार्म संचालक प्रिन्स अवस्थीले बताउनुभयाे ।

आलु तथा ताजा तरकारीमा व्यक्तिगत लगानी गरेर डडेल्धुरालाई तरकारी उत्पादनमा आत्म निर्भर बनाउने सोचका साथ लामो समय देखि क्रियासिल रहेका किसानहरुले डडेल्धुराको पहिचान गराउने कृषकले बिभिन्न समयमा बिभिन्न पुरुस्कार पाएर सम्मानित पनि भएका छन, अझै पनि निजी लगानीलाई प्रोस्ताहन गर्ने, बजारीकरण गर्नै कार्यमा ठोस पहल र व्यवस्था नहुँदा कृषकले बिभिन्न समस्याहरु झेल्दै आएको अगुवा कृषक दत्तराज अवस्थीले बताउनुभयाे ।

यस्तै डडेल्धुरा सदरमुकाम नजिकै रहेको किवी फार्म पनि कृषकका लागि गन्तव्य बन्दै गएको छ, छाटो समयमा ठूलो परिमाणमा उत्पादन र अपेक्षित उपलब्धी हासिल गरेको किवी फार्मबाट मनग्गे आम्दानी हुन थाले पछि डडेल्धुराका बिभिन्न भुगोलमा दर्जनौं किसानले व्यवसायिक किवी खेती शुरु गरेका छन ।

कृषि फार्ममा अवलोकन गर्ने कृषकलाई फार्म संचालकहरुले वालीको छनौट, कृषि यन्त्रको प्रयोग, गह्रा सुधार, प्लटिङ प्रविधि, मल तथा सिंचाई प्रविधि, माछापालन, कुखुरापालनलगायत वाली विविधिकरणको व्यवसायिक ज्ञान, बजारीकरण तथा अर्गानिक उत्पादनका लागि अपनाउनु पर्ने कृषि ज्ञानका लागि परामर्श दिने गरेको अगुवा कृषक तथा कृषि उद्यमी प्रसाद अवस्थीले बताउनुभयाे ।

केहि दशक अघि कृषक भ्रमणका लागि जिल्ला बाहिर जाने कृषकहरुले अवलोकनका लागि स्थानीय स्तरमै कृषि फार्महरु पाए पछि उत्साहित र खुशी भए पनि राज्यबाट अझै व्यवस्थित र आवश्यक संरचना निर्माणका लागि ध्यान दिनु पर्ने अवलोकनकर्ता कृषकले महशुष गरेका छन् ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू