Sunrise appliances
Homeकृषिउखु किसानलाई प्राप्त भयो १ अर्ब ६१ करोडको भुक्तानी

उखु किसानलाई प्राप्त भयो १ अर्ब ६१ करोडको भुक्तानी

जलेश्वर, १ महोत्तरी जिल्लाको गौशाला नगरपालिका १ रामनगर स्थित एभरेष्ट सुगर मिलले उखु किसानलाई रु १ अर्ब ६१ करोड १० लाख ६३ हजार भुक्तानी दिएको छ।

एभरेष्ट सुगर मिलका वित्तीय महाप्रबन्धक विमलचन्द्र ठाकुरले १४ हजार पाँच सय किसानलाई उक्त रकम भुक्तानी गरिएको जानकारी दिए। “चालु आर्थिक वर्षको किसानको बक्यौता चुक्ता भएको छ” उनले बताए ।

समयमै भुक्तानी पाउँदा उत्साहित भएका उखु किसानहरूले थप जमिनमा उखु रोप्ने योजना बनाएका छन्। गौशाला नगरपालिका ११ का किसान दिनेश कुशवाहाले पनि यस वर्ष थप जमिनमा खेती गर्ने बताए।

महाप्रबन्धक ठाकुरका अनुसार, एभरेष्ट सुगर मिलले चालु आर्थिक वर्षमा महोत्तरी, धनुषा, सर्लाही, र रौतहटका १४ हजार चार सय ४४ जना किसानबाट २९ लाख चार हजार पाँच सय ११ क्विन्टल उखु खरिद गरी कूल दुई लाख ६४ हजार चार सय ९१ क्विन्टल चिनी उत्पादन गरेको छ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू