Sunrise appliances
Homeललितपुरआठ किलो गाँजा सहित पक्राउ

आठ किलो गाँजा सहित पक्राउ

ललितपुर, प्रहरीले ८ किलो लागु औषध गाँजा सहित १ जना व्यक्तिलाई पक्राउ गरेको छ । बुधबार महालक्ष्मी नगरपालिका वडा नं ३ स्थित बाल कुमार बोगटीले घरमै अवैध लागु औषध गाँजा लुकाई छिपाई व्यापार गरिरहेको प्रहरी प्रभाग ईमाडोल बाट खटिएको टोलीले निजको घरमा खानतलासी गरेको थियो । खानतलासी गर्दा बोगटीको कोठामा पँहेलो रंगको बोरामा गाँजा जस्तो देखिने पदार्थ पाँच किलो २५० ग्राम, पेपरमा प्याक गरी राखेको हरियो प्लास्टिकमा ६० पोका जम्मा ९५० ग्राम, सेतो प्लास्टिकमा १ किलो र निलो प्लास्टिकमा ८०० ग्राम गरी जम्मा जम्मी आठ के जी प्रहरीले बरामद गरेको हो । निजलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू