ललितपुर ः पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सिटीनेटको १० औं कार्यसमिति बैठक पोखरामा आयोजना गर्न महानगर तयार रहेको बताएका छन् । पूर्व निर्धारित कार्यक्रम अनुसार उक्त बैठक सन् २०२६ मा आयोजना गर्नुपर्नेछ । उक्त बैठकमा तीन सय भन्दा धेरैको सहभागिता रहनेछ । पोखरा महानगर प्रमुख आचार्यले भने, ‘ हामी पूर्ण रुपमा तयार छौं , व्यवस्थित र राम्रा होटेल छन्, केही नयाँ होटेलहरु पनि बन्दैछन् , सुविधासम्पन्न एयरपोर्ट छ, अतिथिलाई स्वागत सत्कार गर्न पोखरा अब्बल छ , पछि पर्दैन, बैठकमा उठाउने एजेण्डा पनि महत्वपूर्ण छन् । ’ उनले पोखरामा चालु आर्थिक वर्र्षमा धेरैवटा अन्तर्राष्ट्रिय कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न गरेको जानकारी दिए । सिटीनेट कार्यसमिति सदस्य तथा ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले बैठक आयोजना संस्था पोखरा महानगर भएपछि सहकार्य अत्यावश्यक भएको बताए । उनले भने, ‘यो हाम्रो बैठक हो, सबै मिलेर पोखरामा गरौँ , सफल बनाऔँ । ’
सिटीनेटको १० औैं कार्यसमिति बैठक आफ्नै सहरमा गर्न पोखरा महानगर तयार
सम्बन्धित लेखहरू