Sunrise appliances
Homeप्रदेशप्रदेश ४जगमदु पुःखुमा सरसफाइ (तस्बिरहरू)

जगमदु पुःखुमा सरसफाइ (तस्बिरहरू)

ललितपुर महानगरपालिका पिम्बहालस्थित जगमदु पाेखरी (पिम्बहाल पोखरी) को पानी निकालेर सरसफाइ गर्ने काम भइरहेको छ। केही साता अघिदेखि उक्त पोखरीमा भएका माछाहरू निकाली पोखरी सरसफाइ गर्न पानी निकालेको चण्डेश्वरी मन्दिर संरक्षण समितिका अध्यक्ष शैलेन्द्र श्रेष्ठले जानकारी दिए।

उनका अनुसार सन् २०१७ पछि पोखरी सफा गरिएको थिएन। त्यही भएर मनसुन सुरू हुनु अगावै पोखरी सरसफाइ गरिरहेको हो।

‘सन् २०१७ मा वर्ल्ड बैंकको प्रोजेक्ट पाउँदा पोखरी सफा गरिएको थियो,’ उनले भने, ‘त्यसपछि पोखरी सफा गरिएको थिएन। जसले गर्दा पोखरी फोहोर भइसकेको थियो। त्यसैले अहिले पम्प गरी पानी निकाल्ने काम भइसकेको छ। अब लेदो सफा गर्ने काम हुँदैछ।’

पोखरीमा भएका माछा निकाल्न जगमदु पुखु क्षेत्र विकास समितिले मत्स्य केन्द्रलाई बोलाएको समेत उनले बताए। 

‘दुई पटक गरेर माछा निकाल्यौं,’ उनले भने, ‘माछा बेचेर आम्दानी भएको पैसा समितिमा राखेका छौं। पछि अन्य कामका लागि यो रकम प्रयोग गर्छौ‌।’

पोखरी सफाइ गरेपछि मनसुनकै पानीले पोखरी भरिने उनले बताए।

पोखरी सरसफाइका लागि वडा कार्यालयले साढे ६ लाख बजेट छुट्याएको थियो। सोही अनुरूप अहिले काम भइरहेको उनले बताए।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू