Sunrise appliances
Homeललितपुरमृतकका परिवारलाई आर्थिक सहयोग

मृतकका परिवारलाई आर्थिक सहयोग

गोदावरी (ललितपुर), १९ वैशाख : गोदावरी नगरपालिकाले डढेलो निभाउने क्रममा निधन भएकाको परिवारलाई जनही नगद रु पाँच लाख आर्थिक सहयोग गर्ने भएको छ । डढेलो निभाउने क्रममा गोदावरी –४ बडीखेलका शङ्कर पहरी र रमेश पहरीको अकालमा निधन भएको थियो । गोदावरी नगरपालिकाका प्रवक्ता मिलन सिलवालले बुधबार बसेको नगरकार्यपालिका बैठकले डढेलो निभाउने क्रममा निधन भएकाको परिवारलाई जनही नगद रु पाँच लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको जानकारी दिए । गोदावरी–३ स्थित नौधारा उपभोक्ता समितिका अध्यक्ष मदन पन्थले डढेलो १२ वर्षपछि यस क्षेत्रमा लागेको जानकारी दिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

Most Popular

Recent Comments