Sunrise appliances
Homeमुख्य समाचारगोदावरी नगरपालिकामा मेयर-उपमेयर निलम्बन, नेतृत्व संकटमा

गोदावरी नगरपालिकामा मेयर-उपमेयर निलम्बन, नेतृत्व संकटमा

ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन र उपमेयर मुना अधिकारीसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएसँगै दुबै पदीय जिम्मेवारीबाट निलम्बित भएका छन्। यसले गर्दा नगरपालिका अहिले नेतृत्वविहीन बनेको छ।

मेयर र उपमेयर निलम्बनमा परेपछि नगरपालिकाको कार्यबाहक जिम्मेवारी कसलाई दिने भन्ने स्पष्टता नहुँदा अन्यौल भएको छ। असार १० गतेसम्म नीति तथा कार्यक्रमसहित बजेट ल्याउनु पर्नेमा नेतृत्वविहीनताका कारण अनिश्चितता छाएको हो।

११ नम्बर वडाका जेष्ठ सदस्य वडाध्यक्ष निलबहादुर देशारलाई कार्यबाहक दिने चर्चा भए पनि आकस्मिक बैठकले निर्णय गर्न सकेन। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र निर्वाचन आयोगलाई राय माग्ने निर्णय गरेर पत्र पठाइएको छ, जसको जवाफ नआएकोले दैनिक कार्यसञ्चालनमा समस्या भइरहेको देशारले बताए।

देशारले नगरका बाधा अप्ठ्यारा परिस्थिती मिलाउनु बाहेक अरु केही गर्न नसकेको जनाए। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीले मेयर र उपमेयर दुवै निलम्बनमा परेको अवस्थामा अन्यौल रहेको स्वीकार गरे।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर महर्जन, ४ कर्मचारी र ९ जना क्रसर सञ्चालकलाई विपक्षी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको थियो। भ्रष्टाचार निवारण ऐनको दफा ३३ अनुसार उनीहरू निलम्बनमा परेका हुन्। ढुंगाखानीबाट रोडाढुंगा उत्खनन गर्दा भ्रष्टाचार भएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरिएको हो।

अख्तियारले लेले र नल्लुका ढुंगाखानीमा अनियमितता भएको आरोपमा ५ वटा छुट्टाछुट्टै मुद्दा पेश गरेको छ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू