Sunrise appliances
Homeललितपुरललितपुरमा निर्माणाधीन घरबाट अवैध कारोबारमा संलग्न गिरोह पक्राउ

ललितपुरमा निर्माणाधीन घरबाट अवैध कारोबारमा संलग्न गिरोह पक्राउ

ललितपुर महानगरपालिका वडा नं १४ मा रहेको एक निर्माणाधीन घरमा अवैध कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले अपराह्न ३ बजे प्रहरीले प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले कारवाही गरेको छ। कारवाहीको क्रममा भारतीय नागरिक युवराज विभुतेले भाडामा लिएको फ्ल्याटमा खानतलासी गर्दा विभिन्न अवैध सामग्रीहरु बरामद भएकाे थियाे।

पक्राउ परेका व्यक्तिहरुमा भारतको महाराष्ट्र राज्य, सांगली जिल्लाका आडवारी थाना निवासी २८ वर्षीय युवराज विभुते, ललितपुरमा बस्ने २० वर्षीय विक्रम यलवर, १८ वर्षीय अभिषेख विभुते, भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका वडा नं १ विरुवा निवासी २० वर्षीय सिध्दान्त चौलागाँई, ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका वडा नं ८ निवासी २० वर्षीय यसवन्त सुनार, र भारतको महाराष्ट्र सोलापुर निवासी काठमाण्डौ टोखा नगरपालिका वडा नं ५ मैत्रीचोक बस्ने २१ वर्षीय विजय सम्पत खिलारी रहेका छन्।

खानतलासीको क्रममा प्रहरीले विभिन्न अवैध सामग्रीहरु बरामद गरेको छ। ती सामग्रीहरुमा परिक्षणबाट सुन भनी खुलेको १५८७.५१ ग्राम धातु, चाँदी भनी खुलेको ११५३.२२ ग्राम धातु, नेपाली रुपैयाँ ५८,३५,५६०, भारतीय रुपैयाँ ८५५०, डिजिटल तराजु, तौल गर्ने मेसिन, तौल नाप्ने ढक, रबर छाप, सुन पगाल्ने मेसिन, सुनको गुणस्तर परिक्षण गर्न प्रयोग हुने KARAT Meter लेखिएको मेसिन, पैसा गन्न प्रयोग हुने जस्तो मेसिन, विभिन्न कम्पनीका मोबाईल, कालो रंगको धातुको धुलो पदार्थ, सेतो रड जस्तो धातु, तामाको जस्तो तार, HP कम्पनीको लैपटप, डेल कम्पनीको CPU, हार्ड डिस्क, 16 GB को पेनड्राईभ, NETWORK VIDEO RECORDER OJHUA लेखिएको कालो बक्स, Netis लेखिएको कालो बक्स, सिमकार्ड, चेकबुक, बैंकमा नगद जम्मा गरेको भौचर, हिसाब किताव रहेका डायरी तथा कपी, विभिन्न बिलभरपाई, अन्य कागजात, युवराज विभुतेको नामको चेक, सहकारीको पासबुक, भन्सार कार्यालयको रसिद, बिल ठेली र कालो झोला भेटिएको थियो।

यस गिरोहले काठमाडौं र ललितपुरका अन्य स्थानहरुमा पनि फ्ल्याट भाडामा लिएको खुलेपछि, त्यहाँ पनि प्रहरी टोली खटाई खानतलासी गरिएको थियो। सो घटनाले अवैध कारोबार विरुद्धको अभियानलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ। पक्राउ परेका व्यक्तिहरुलाई थप अनुसन्धान तथा कारवाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा पठाइएको छ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू