Sunrise appliances
Homeमुख्य समाचारललितपुरमा शिवशिखर बहुउद्देश्यीय सहकारीको ठैबस्थित मार्ट लिलामी हुने

ललितपुरमा शिवशिखर बहुउद्देश्यीय सहकारीको ठैबस्थित मार्ट लिलामी हुने

२५ असार, काठमाडौं। शिवशिखर बहुउद्देश्यीय सहकारीको ललितपुर ठैबस्थित मार्टलाई समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लिलाम गर्ने तयारी गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले २५ भदौ २०८० मा शिवशिखर सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गर्दै सम्पत्ति तथा दायित्व राफसाफ गर्न समितिमा पठाएको थियो।

समस्याग्रस्त घोषणा भएको एक वर्षसम्म समितिले बेवारिसे छोड्दा देशभरि रहेका २२ मार्टमा सबै सामान काम नलाग्ने र चोरी समेत भइसकेको बताइन्छ। हाल समितिले ललितपुरको ठैबस्थित गौरीलाल श्रेष्ठको नाममा रहेको जग्गामा सहकारी मार्ट सञ्चालनका लागि बनाएको संरचना र कार्यालयमा रहेका फर्निचर लगायतका सामान लिलाम गर्ने तयारी गरिरहेको छ।

समिति सदस्यसचिव केशवप्रसाद पौडेलले जानकारी दिए अनुसार, ‘ललितपुर जिल्ला गोदावरी नगरपालिका–१४ ठैबस्थित गौरीलाल श्रेष्ठको नाममा रहेको कित्ता नम्बर ३२८ को १ रोपानी २ आना जग्गामा सहकारी संस्था शाखा र गार्डेन मार्ट सञ्चालनमा रहेको थियो।’

समितिले मंगलबार जारी गरेको सूचनामा उल्लेख छ, ‘गार्डेन मार्टको संरचना, मार्टभित्र रहेका सामान तथा सहकारी संस्थाका फर्निचर र कम्प्युटर उपकरणको न्यूनतम मूल्यांकन १ करोड १५ लाख ७८ हजार ८ सय ३५ रुपैयाँ गरिएको छ। सहकारी ऐन २०७४ को परिच्छेद १८, दफा १०६ को खण्ड (ज) अनुसार सहकारी संस्थाको सम्पत्ति बेचबिखन गर्नुपर्ने भएकाले घरधनी, बचतकर्ता वा बाह्य इच्छुक पक्षले उक्त रकमभन्दा कम नहुने गरी गोप्य शिलबन्दी निवेदन दिनुपर्ने छ।’

समितिले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र मूल्यांकन रकमभन्दा कम नहुने गरी बढीबढाउमा सहभागी हुन इच्छुक व्यक्तिहरुलाई समितिको कार्यालयमा उपस्थित भई गोप्य शिलबन्दी निवेदन दिन आह्वान गरेको छ।

समितिले देशभरिका अन्य मार्टमा रहेका समान पनि मागदाबी फिर्ता लिने सर्तमा बचतकर्तालाई आवेदन दिने गरी सूचना प्रकाशित गर्ने तयारी गरिरहेको पौडेलले बताए।

सम्बन्धित स्थानीय तहको सहकारी शाखामा निवेदन दिनुपर्ने र समितिका कर्मचारी तथा पदाधिकारी उपस्थित भएर मूल्यांकन गरी सामान दिइने व्यवस्था गरिने पनि पौडेलले जानकारी दिए।

यस लिलामी प्रक्रियाले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई सहकारी ऐन २०७४ को अनुसार सम्पत्ति बेचबिखनको प्रावधानको पालना गराउन मद्दत पुग्नेछ। यसले सहकारीका बचतकर्ता, घरधनी र अन्य इच्छुक पक्षहरुलाई न्यायोचित रुपमा आफ्नो अधिकार सुरक्षित गर्न अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू