Sunrise appliances
Homeललितपुरललितपुर महानगरपालिकाको कार्यवाही: बागमती किनारको सुकुम्बासी बस्ती भत्काइयो

ललितपुर महानगरपालिकाको कार्यवाही: बागमती किनारको सुकुम्बासी बस्ती भत्काइयो

ललितपुर महानगरपालिकाले बालकुमारीस्थित बागमती नदी किनारको सुकुम्बासी बस्ती हटाएको छ। महानगर प्रहरी प्रमुख सिताराम हाछेथुको नेतृत्वमा खटिएको टोलीले बल प्रयोग गर्दै बस्ती हटाउने कार्य सम्पन्न गरेको हो। बागमती नदी छेउमा २५ वर्षदेखि सुकुम्बासीहरूले बसोबास गर्दै आएका थिए

। महानगर प्रहरीले उनीहरूका घरटहरा भत्काएर बस्ती खाली गराएको छ।सुकुम्बासी बस्ती हटाउने क्रममा केही स्थानियबासीले विरोध जनाए पनि, महानगर प्रहरीले योजना अनुसारको कार्यवाही गर्दै बस्ती हटाउन सफल भएको बताइएको छ। प्रहरीका अनुसार, बागमती नदी किनारमा रहेका अनधिकृत संरचनाहरूले नदीको बहावमा बाधा पुर्‍याउने र वातावरणीय जोखिम निम्त्याउने भएकाले बस्ती हटाउनुपरेको हो।

तस्बिर : नेपाल फोटाे लाइब्रेरी

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू