Sunrise appliances
Homeललितपुरललितपुरको धापाखेलमा सांस्कृतिक तथा व्यापार महोत्सव: साउन ११ देखि २६ सम्म

ललितपुरको धापाखेलमा सांस्कृतिक तथा व्यापार महोत्सव: साउन ११ देखि २६ सम्म

ललितपुर- ४, ललितपुरको धापाखेलमा आगामी साउन ११ देखि २६ गतेसम्म सांस्कृतिक तथा व्यापार महोत्सव आयोजना हुने भएको छ। यो महोत्सवमा विभिन्न सांस्कृतिक, व्यापारिक र प्राविधिक गतिविधिहरू समावेश गरिनेछ, जसले सहभागीहरूको मन जित्ने अपेक्षा गरिएको छ।

महोत्सवमा खुल्ला तथा विद्यालय स्तरीय नृत्य प्रतियोगिता, औद्योगिक उत्पादनको प्रदर्शनी, सूचना तथा विज्ञान प्रविधिको प्रदर्शनी, ग्रामीण प्रविधिसम्बन्धी प्रदर्शनी, विद्युतीय मेसिन कृषि औजार प्रदर्शनी, मोबाइल तथा इलेक्ट्रोनिक सामानको प्रदर्शनी, सांस्कृतिक व्यापार तथा पर्यटकीय प्रदर्शनी, लत्ता कपडा तथा भाँडाकुँडाको प्रदर्शनी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खाना महोत्सव लगायतका कार्यक्रमहरू समावेश गरिएका छन्।

राष्ट्रिय संगीतकर्मी सङ्घ ललितपुरका अध्यक्ष सुवास महतले विशेष सांस्कृतिक कार्यक्रम साउन १८ र १९ गते तथा साउन २५ र २६ गते आयोजना हुने जानकारी दिएका छन्। यी विशेष कार्यक्रमहरूका लागि महोत्सवको मेलास्थलमा प्रवेश शुल्क लाग्नेछ भने अन्य दिनहरूमा भने निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।

आयोजक दीपक दाहालका अनुसार यो महोत्सव ललितपुरको पर्यटकीय विकास, आन्तरिक व्यापार, लोक कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको हो। महोत्सव अवधिभर १ लाखभन्दा धेरै दर्शकले अवलोकन तथा मनोरञ्जन लिने अनुमान गरिएको छ।

महोत्सव कला सांस्कृतिक संरक्षण ललितपुर र संयुक्त नेपाल मेला महोत्सव समूह प्रा.लि. को आयोजनामा हुन लागेको यो महोत्सवमा ललितपुर महानगरपालिका वडा नं २३ र २४ सहआयोजकको रूपमा सहभागी छन्। आयोजकहरूले महोत्सवको उद्देश्य सम्पदाको संरक्षण एवं प्रवर्द्धन रहेको बताएका छन्।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू