Sunrise appliances
Homeमनोरन्जनगुरुकुलमा नासो नाटक मन्चन हुँदै

गुरुकुलमा नासो नाटक मन्चन हुँदै

काठमाडौंमा नासो नाटक मञ्चन हुने भएको छ। कथाकार गुरुप्रसाद मैनालीको कथामा आधारित नासो नाटक पुस ४ गतेदेखि मञ्चन हुने भएको हो । उक्त नाटक आरोहण गुरुकुल कुञ्ज नाटकघरमा पुस ७ गतेसम्म मञ्चन हुने जनाइएको छ । दर्शकले नाटक तीन सय रुपैँया वा पाँच सय तिरेर हेर्न पाउने छन् ।

नासो साहित्यकार गुरूप्रसाद मैनालीद्वारा लिखित नेपाली कृति हो। नासो मैनालीको नासो कथासङ्ग्रहमा सङ्ग्रहित कथा रहेको छ । नासो कथासङ्ग्रहमा सङ्ग्रहित एघार कथामध्ये नासो कथा उत्कृष्ट मानिन्छ।

नासो नाटकको निर्देशन राम केएसीले गरेका छन् भने सह निर्देशक किरण चापागाईँले गरेका हुन् । नाटकले ठेट नेपाली संस्कार मान्ने एउटा परिवारको बहुविवाहका कारण उत्पन्न समस्याहरुलाई समेटेको छ ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू