Sunrise appliances
Homeमनोरन्जनबाइस वर्षपछि गायनमा गुरुङ

बाइस वर्षपछि गायनमा गुरुङ

काठमाडौँ, २० पुस : गायक शशि गुरुङले २२ वर्षपछि नयाँ गीत सार्वजनिक गरेका छन् । आज सुन्धारास्थित एक चलचित्र भवनमा उनले पत्रकार सम्मेलनको आयोजना गर्दै ‘तिमीले हेर्न चाहे’ को श्रव्यदृश्य सार्वजनिक गरेका हुन् ।

गुरुङले आगामी दिनमा गायनलाई निरन्तरता दिने बताए । “म सरकारी जागिरे भएकाले गीतसङ्गीतलाई निरन्तरता दिन पाइन् । अब निरन्तररुपमा आफूलाई यस क्षेत्रमा प्रस्तुत गर्नेछु” “धेरै गीत गाएर स्थापित वा चर्चित भइदैन भन्ने मैले बुझेको छु । थोरै तर स्तरीय गीतमार्फत आफ्नो दर्शकसँग साक्षात्कार हुन सकिन्छ ।” गुरुङले आफूलाई मामाको प्रभावले गीतसङ्गीतमा अगाडि बढ्न प्रेरणा मिलेको बताए ।

उक्त गीत प्रकाश सायमीले रचना गर्नुभएको हो भने सङ्गीत सिर्जना प्रविन बराइलीले गरेका छन् । गीतको श्रव्यदृश्यमा कुशल केसी र मुना भूर्तेलले अभिनय गरेका छन् ।

गीत हेर्दा आँखालाई शितलता दिएको र सुन्दा कर्णप्रिय लागेको वरिष्ठ गीतकार नगेन्द्र थापाले बताउनुभयो । “म चलनचल्तीका गीतको सम्पर्कमा छैन । अहिले आइरहेका गीतमध्ये सशक्त शब्द र कर्णप्रिय सङ्गीत भएको गीत यो हो । यो गीत बाचिरहने किसिमको बनेको छ”, “उनको गायन शैलीको ताजगी उस्तै छ । उनलाई निरन्तरता दिन र यस्तै बाच्ने गीतसङ्गीत सिर्जना गर्नुहोस् भन्न चाहन्छु ।”

अमेरिकामा रहेका गायक ओमविक्रम विष्टले श्रव्यदृश्य सन्देश पठाउँदै गायक गुरुङलाई शुभकामना दिए । “उनी (गायक गुरुङ) सँग गीत गाउने मौका पाएको छैन । उनले गरेकाे सुरुआतले गीतसङ्गीतमा नयाँ आयाम थप्नेमा विश्वस्त छु । यो स्रोतासँगै सर्जकलाई पनि मनपर्ने गीत बनेको छ ।”

उक्त अवसरमा ‘बितेका पलहरु’ बोलको लिरिकल भिडियोसमेत देखाइएको थियो । उक्त गीतमा भूषण खरेलले शब्द रचना र शक्ति बल्लभले सङ्गीत भर्नु भएको छ । कार्यक्रममा गीतकार दिनेश अधिकारी, श्री पुरुष ढकाल, सङ्गीतकार राजुसिंहलगायत सङ्गीतकर्मीको उपस्थिति थियो ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू