Sunrise appliances
Homeमनोरन्जनअरनिकोको स्मृति दिवसमा स्रष्टाहरु सम्मानित

अरनिकोको स्मृति दिवसमा स्रष्टाहरु सम्मानित

राष्ट्रिय विभूति अरनिकोको स्मृति दिवस एवं नेपाल व्यवसायिक कलाकार सङ्घ(क्यान)को २९ औं स्थापना दिवसको अवसरमा कला क्षेत्रका स्रष्टाहरु सम्मानित भएका छन् । सङ्घद्वारा सोमबार राजधानीमा आयोजित कार्यक्रममा वरिष्ठ कलाकार हरिप्रसाद शर्मालाई २५ हजार रूपियाँ राशीसहित ‘सुरेन्द्र प्रधान दीर्घ कला–साधक पुरस्कार’बाट सम्मानित गरिएको छ । त्यस्तै ‘क्रोधकला शिरोमणि पुरस्कार’बाट सन्तकुमार शाक्यलाई २० हजार रूपियाँसहित र कलाकार प्रकाश थापा ‘प्रथा’लाई पन्ध्रहजार रूपियाँसहित पुरस्कृत गरिएको छ । त्यसैगरी ‘मुल्मी ग्राफिक डिजाइन अवार्ड’, ‘हेम–गङ्गा नारी कला प्रतिभा पुरस्कार’बाट क्रमशः सुजन वीर बज्राचार्य, लक्ष्मी न्यौपाने,‘क्यान आइडियल कला पुरस्कार’बाट श्यामबहादुर श्रेष्ठलाई जनही दश÷दशहजार रूपियाँसहित पुरस्कृत गरिएको छ । सो अवसरमा ‘निर्वाण कला सम्मान’बाट गणेश लामा ‘आसु’,क्यान सिग्देल आर्ट पुरस्कारबाट श्रवण चौधरी, र ‘ठाकुरप्रसाद–इन्दिरा मैनाली मूर्तिकला पुरस्कार’बाट जनही दश÷दश हजार रूपियाँ राशिसहित सम्मानपत्रद्वारा पुरस्कृत भएका छन् ।

‘बालकृष्ण स्मृति कला पुरस्कार’बाट महेन्द्र राई,‘नारायणदेवी स्मृति पुरस्कार’बाट ज्ञानेन्द्र विवश,‘राजेश मानन्धर कार्टुन अवार्ड’बाट सानुराज डंगोल र ‘ऋचा मैनाली रिमाल स्मृति पुरस्कार’बाट उनीहरूलाई जनही पाँच÷पाँचहजार रूपियाँसहित पुरस्कृत गरिएको छ । उक्त समारोहमा काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले कलाको माध्यमबाट सहरको सौन्दर्य बढाउने सवालमा कलाकारहरूसँग छलफल र सुझाव लिन महानगरपालिका सधैं तत्पर रहेको बताइन् । उनले हाल सहरमा राखिने प्रविधियुक्त र अन्य होडिङ वोर्ड राख्दा लाग्ने करको सन्दर्भमा कलाकारलगायत सम्वद्ध क्षेत्रले उचित र लिखित सुझाव महानगरपालिकालाई उपलब्ध गराए आगामी नीति तथा कार्यक्रममा समावेश गर्न सकिने विचार व्यक्त समेत राखिन् ।

उपप्रमुख डंगोलले व्यवसायिक कलाकार सङ्घको स्थापना भएको तीन दशकमा कलाको विविध माध्यमबाट राष्ट्रका लागि योगदान दिन सफल कलाकारलाई प्रोत्साहन स्वरूप प्रदान गरिएको पुरस्कार र सम्मानले अन्य कलाकारलाई प्रोत्साहित बनाउने सुनाइन् । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले सो सङ्घले कलासँग पर्यटनलाई जोड्दै विविध गतिविधी सञ्चालन गरिरहेको सन्दर्भमा देशका थुप्रै सम्पदा क्षेत्रमा पर्यटनसँग लिइने शुल्क एवं सङ्ग्रहालय अवलोकन गरेर सङ्कलन भएको राजस्वको केही अंश कला र कलाकारको प्रवद्र्धनका लागि पनि लगानी गर्ने नीति बनाउनुपर्ने आवश्यकता औंल्याए । उनले सो क्षेत्रमा कलात्मक सम्पदा अवलोकन गर्न आन्तरिक र वाह्य पर्यटकले चासोसहित शुल्क नै तिरेर भ्रमण गर्छन् भने त्यस्ता कला सिर्जनाका लागि समर्पित कलाकारको प्रोत्साहनका लागि पनि राज्यले लगानीसहित योजना ल्याउनुपर्नेमा जोड दिए । सङ्घका अध्यक्ष आइ.भि.मल्लले कलामा व्यवसायीक वातावरणको प्रवद्र्धनसहित कलाकार र कला क्षेत्रको संवद्र्धनका लागि सङ्घ क्रियासिल रहेको बताए ।

सङ्घको स्थापना दिवस र अरनिको स्मृति दिवसमा पुरस्कार एवं सम्मान कार्यक्रमका संयोजक रोशन श्रेष्ठले कलाको माध्यमबाट पर्यटन प्रवद्र्धन र कलामा व्यवसायिकताको विकासका लागि सङ्घमार्फत कलाकारलाई सङ्गठित र प्रोत्साहनका लागि विविध कलात्मक गतिविधी गरिरहेको जानकारी दिए ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू