Sunrise appliances
Homeमनोरन्जनकवि नीलम गुरुङको ‘नपल्टाएका पन्नाहरू’ सार्वजनिक

कवि नीलम गुरुङको ‘नपल्टाएका पन्नाहरू’ सार्वजनिक

टेलिभिजन रियालिटी शो पोएट आइडलको प्रथम संस्करण विजेता नीलम गुरुङको कविता संग्रह नपल्टाएका पन्नाहरू सार्वजनिक भएको छ ।

तमू ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषद् र यात्रा पब्लिसिङ हाउसले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले कविता विचार र कलाको संयोजनसहितको अभिव्यक्तिको उच्चतम शैली भएको बताए ।

पहिले शास्त्रीय भाषाको प्रधानता रहने गरे पनि अहिलेका कवितामा आधुनिक र बोलीचालीको भाषा बढी प्रयुक्त हुने भन्दै उनले कविता काव्यिक हुनुपर्ने बताए । विचार, कला र काव्यिक चेतमा नीलम सशक्त देखिएको उनको भनाइ छ ।

अतिथि वक्ता पोएट आइडलका परिकल्पनाकार अमनप्रताप अधिकारीले आफ्नो बुबा क्षेत्रप्रताप अधिकारीले साझा प्रकाशनको नेतृत्व लिइरहँदा प्रत्येक लेखक, साहित्यकार लेखेरै बाँच्ने अवस्था सिर्जना होस् भन्ने चाहेको स्मरण गर्दै आफ्नो चाहना पनि सर्जकहरूको सिर्जनाकै भरमा जिविका चलाउन सक्ने हैसियत बन्न सकोस् भन्ने रहेको बताए ।

तमू ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषद्का अध्यक्ष कर्णबहादुर गुरुङले ह्युलको हलमा भएको नीलमको कविता संग्रहको विमोचन अहिलेसम्मकै भव्य कार्यक्रम भएको बताए ।

भारतको सिक्किम राज्यकी कवि नीलमले सिर्जनाको माध्यमबाट गाँसिएको नेपाल र नेपालीसँगको सम्बन्धले आफूलाई सधैँ प्रेरणा प्रदान गरेको बताए ।

कार्यक्रममा पोएट आइडलका सेमिफाइनलिष्ट र फाइनलिष्ट कविहरूले पनि कविता वाचन गरेका थिए । कविता संग्रह यात्रा पब्लिसिङ हाउसले प्रकाशित गरेको हो र किताबको मूल्य ४९९ रहेको छ

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू