Sunrise appliances
Homeमनोरन्जनडा.सिके राउत भन्छन्,'मासिन्या र मेरो कथामा मिलजुल देखिन्छ'

डा.सिके राउत भन्छन्,’मासिन्या र मेरो कथामा मिलजुल देखिन्छ’

जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले नाटक ‘मासिन्या’ले प्रस्तुत गरेको कथा आफ्नो जीवनसँग मेल खाएको बताए । आइतबार थापागाउँस्थित मण्डला थिएटरमा नाटक मञ्चन हेरेपछि उनले आफ्नो विगतलाई स्मरण गर्दै यस्तो प्रतिक्रिया दिएका थिए । ‘म २५ पटक हिरासतमा परेको मान्छे । मासिन्यामा तामाङ जातिमाथिको दमनको इतिहासको कथामा मेरो पनि कथा मिलजुल देखिन्छ’,उनले स्मरण गरे,’म तराईको मान्छे आठ कक्षा पढ्दा मात्र पहाड यस्तो हुन्छ भनेर टाढाबाट दाइको बिहेमा जाँदा देखेको थिएँ । दाइको बिहे पहाड नजिकै भएको थियो ।’ हिँडेर जान खोज्दा सेनाले समाते भने यातना दिन्छन् भनेर साथीले डर देखाएको कुरा समेत उनले सुनाए । मासिन्याले जल, जमीन, जङ्गल,संस्कृति, इतिहास र परम्परा खोसिएका तामाङ, थारु, चेपाङ समुदायको कथालाई उत्कृष्ट रूपमा प्रस्तुत गरेको बताउँदै उनले यसले जनचेतनाकै रूपमा लिनुपर्ने धारणा राखे । उनका अनुसार नाटकमा अभिनय, भावना, प्रकाश र संगीतको पनि उत्तिकै संयोजन रहेको छ । राजु स्याङ्तान, लक्ष्मी रुम्बा र राबतको लेखन रहेको नाटकको निर्देशन बुद्धि तामाङ र सोनाम लामाले गरेका छन् । माघ २८ गतेसम्म मञ्चन हुने नाटकमा रुपेश तामाङ, रोहनी लामा,शीतल थोकर, सुनिल तामाङ, विकास लामा, विष्णु मोक्तान,रमिला मोक्तान, सानुमाया तामाङ, प्रशान्त वाइबा लगायत कलाकारहरूको अभिनय रहेकोे छ ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू