Sunrise appliances
Homeमनोरन्जनपुनम पाण्डेलाई अर्को झड्का, क्यान्सरको ब्राण्ड एम्बासडर अस्वीकृत

पुनम पाण्डेलाई अर्को झड्का, क्यान्सरको ब्राण्ड एम्बासडर अस्वीकृत

मुम्बई । भारत सरकारले विवादित भारतीय मोडल तथा अभिनेत्री पुनम पाण्डेलाई सर्वाइकल क्यान्सर अवारनेस प्रोग्रामको ब्राण्ड एम्बासडर नबनाउने भएको छ । युनियन हेल्थ मिनिस्ट्रीले आधिकारिक विज्ञप्ति जारी गर्दै उनको गतिविधिले उनलाई अस्वीकृत गरिएको जानकारी दिएको हो ।

यसअघि पुनमलाई ब्राण्ड एम्बासडर बनाउनका लागि कुराकानी भइरहेको खबर सार्वजनिक भएको थियो ।  पुनमको टिमले गत फेब्रुअरी २ मा आफ्नो इन्स्टाग्राममा पुनमको सर्वाइकल क्यान्सरका कारण मृत्यु भएको झुटो कुरा पोस्ट गरेको थियो । यो पोस्टका कारण उनका फ्यान देखि लिएर बलिउडकर्मी शोकमग्न बनेका थिए । 

मृत्युको खबर भाइरल भएको भोलिपल्ट अर्थात फेब्रुअरी ३ मा पुनमले एक भिडियो सन्देश जारी गर्दै आफू जीवित रहेको बताएकी थिइन् । उनले सर्वाइकल क्यान्सरका बारेमा आम मानिसमा जानकारी दिनका लागि आफ्नो टिमसँग मिलेर मृत्युको झुटो स्टन्ट गरेको उल्लेख गरेकी थिइन् ।

उनको यो हरकतले फ्यान र बलिउड कलाकारहरू निकै रिसाएका थिए र पुनममाथि रिस पनि पोखेका थिए । यो निर्णय उनका लागि प्रत्युत्पादक बन्दै गएको छ । 

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू