Sunrise appliances
Homeमनोरन्जनभजन शिरोमणि भक्तराज आचार्यको निधन

भजन शिरोमणि भक्तराज आचार्यको निधन

काठमाडौँ । भजन शिरोमणि वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ । सोमबार अपरान्ह ललितपुरको मेडिसिटी अस्पतालमा उनको निधन भएको संगीतकार चेतन सापकोटाले जानकारी दिए

आचार्यको ८२ वर्षको उमेरमा निधन भएको हो । आचार्य बिगत लामो समयदेखि विमारी रहेका थिए । आचार्यले झण्डै ४०० गीतमा स्वर तथा संगीत दिएका छन् । स्वरसम्राट नारायणगोपालका समकालीन गायक उनी १९९९ सालमा धनकुटामा जन्मिएका हुन् ।

नेपाली सुगम संगीतमा उनको विशिष्ट स्थान छ । आचार्यका मुटु जलिरहेछ, जति चोट दिन्छौ, जहाँ छन् बुद्धका आँखा, हजार सपनाहरुको, माया मेरी साँझ बिहान, हजार आँखा हेर्ने लगायत गीत लोकप्रिय छन् । 

आचार्यको पार्थिव शरीरलाई मंगलबार बिहान ९ बजे संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने सापकोटाले जानकारी दिए ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू