Sunrise appliances
Homeमनोरन्जनराजद्रोही राजनेता’ नामक वृत्तचित्र प्रस्तुत

राजद्रोही राजनेता’ नामक वृत्तचित्र प्रस्तुत

काठमाडौँ, २० फागुन : सुशील कोइराला मेमोरियल फाउण्डेसनले विपी कोइरालाको जीवनीमा आधारित ‘राजद्रोही राजनेता’ नामक वृत्तचित्र काठमडौँमा प्रस्तुत गरेको छ । पञ्चायती व्यवस्थाको विरोध गरेवापत तत्कालीन शासकको रवैयका कारण भारत निर्वासनमा रहन बाध्य भएका नेपाली कांग्रेसका नेता एवं पूर्वप्रधानमन्त्री विपी कोइराला स्वदेश फर्केपछिको घटनाक्रमलाई वृत्तचित्रमा समेटिएको छ । विशेष गरी २०३३ सालको राजनीतिक घटनाक्रमलाई समेटेर तयार गरिएको वृत्तचित्रमा कोइराला परिवारका सदस्य, आफन्तजन, शुभचिन्तक एवं राजनीतिक विश्लेषकको भनाइलाई स्थान दिइएको छ । राजकाजसम्बन्धी आठ वटा मुद्दा खेम्दै ज्यान जोखिममा राखेर स्वदेश फकर्नुभएका नेता कोइरालामा आधारित वृत्तचित्र ४५ मिनेटको छ । फाउन्डेसनका महासचिव अतुल कोइरालले वृत्तचित्र हेरेपछि नेपालको तत्कालीन राजनीतिक घटनाक्रमसहितको इतिहास बुझ्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । छ वर्ष खर्चेर तयार गरिएको वृत्तचित्र निर्माणमा करिब रु ४५ लाख खर्च भएको जानकारी दिँदै महासचिव कोइरालाले वृत्तचित्र अब क्रमशः विद्यालय तथा कलेजमा प्रदर्शन गरिने जानकारी दिए । यसअघि सो वृत्तचित्र कीर्तिपुर र पोखरामा प्रदर्शन गरिसकेको छ । सो वृत्तचित्रका लेखक उपप्राध्यापक एवं पत्रकार जगत नेपाल हुनुहुन्छ भने संयोजन फाउण्डेसनले गरेको महासचिव कोइरालाले जानकारी दिए ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू