Sunrise appliances
Homeमनोरन्जनगीत सार्वजनिक गर्दै हरिवंशले भने- काठमाडौं युवाहरुको ट्रान्जिटजस्तो बन्यो

गीत सार्वजनिक गर्दै हरिवंशले भने- काठमाडौं युवाहरुको ट्रान्जिटजस्तो बन्यो

काठमाडौं । सामाजिक विषयवस्तुमा सन्देश र चेतनामुलक गीत गाउँदै आइरहेका अभिनेता तथा गायक हरिवंश आचार्यले नयाँ गीत ल्याएका छन् । देशको बेरोजगारी र वैदेशिक रोजगारको समस्यालाई उठान गरेर उनले ‘मुटु फस्याछ’ बोलको गीत ल्याएका हुन् ।

आचार्यकै शब्द र संगीत रहेको गीतमा समीक्षा अधिकारीको समेत स्वर छ । गम्भिर विष्टले निर्देशन गरेको गीतको भिडियोमा हरिवंशसँगै प्रियंका कार्की, सरोज ओली र अञ्जली अधिकारीले अभिनय गरेका छन् । गीतमार्फत आचार्यले ‘काम देऊ न सरकार’ भन्दै देशका युवापुस्ताको भावना उजागर गर्न खोजेको छन् ।

‘यो गीतले देशमै केही गर्न खोजेको एउटा युवा कसरी विदेशिन बाध्य हुन्छ भन्ने कथा रमाइलो ढंगबाट उठाएको छ,’ आचार्यले भने, ‘अहिले चाहेर पनि देशमै बस्न नपाउने युवा जमात बढेको छ । गाउँघर रित्तिदै गएको छ । पहिलेपहिले गाउँका मान्छे रोजगारीको सपना बोकेर काठमाडौं आउँथे । अहिले त काठमाडौं युवाहरुको ट्रान्जिटजस्तो बनेको छ । गन्तव्य त विदेश भइरहेको छ ।’

उनले गीतमार्फत देशले भोगेको नियति र मर्म उठाउन खोजेको बताए ।श्यामश्वेत रसाइलीले एरेन्ज गरेको गीतको भिडियो सम्पादन भुपेन्द्र अधिकारी, कोरियोग्राफी दिवस गिरी र छायांकन नवराज उप्रेतीले गरेका हुन् । हरिवंशले यसअघि ‘ए केटा मादलु पड्का’ गीत ल्याएका थिए । सरोज ओली र प्रियंका कार्कीसँगकै सहकार्यमा ल्याएको यो गीतले युट्युबमा करोड बढी भ्यूज पाइसकेको छ ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू