Sunrise appliances
Homeकाठमाडौंपूर्व रानी कोमललाई मन पर्‍यो ‘महाजात्रा’

पूर्व रानी कोमललाई मन पर्‍यो ‘महाजात्रा’

काठमाडौँ । पूर्व बडामहारानी कोमल शाहले शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘महाजात्रा’ हेरेकी छन् । हिमानी ट्रस्टले शुक्रबार बेलुका काठमाडौँको सुन्धारास्थित सिभिल मलमा आयोजना गरेको शोमा कोमलले फिल्म हेरेकी हुन् ।

फिल्म हेरेपछि उनले फिल्मको टिमसँग भेटघाट गर्दै बधाई दिएकी थिइन् । ‘फिल्म रमाइलो बनेको छ । एकदम मनपर्यो । हामी सबैले रमाइलो ग¥यौं’, उनले भनिन् ।   

नेपालसहित विश्वव्यापी रुपमा एकसाथ रिलिज भएको यो फिल्म अस्ट्रेलियाको सिड्नी, होवर्ट लगायतका केही सहरमा ‘सोल्ड आउट’ भएको छ । यता नेपालमा भने शुक्रबार दर्शक प्रतिक्रिया बुझ्न निर्देशक प्रदीप भट्टराई, अभिनेता हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउतलगायत हलमा पुगेका थिए ।

अभिनेता हरिवंशले दर्शकले दिएको प्रतिक्रियाले आफूहरूको मेहनत सफल भएको भन्दै शनिवार पनि दर्शकसँग भेट्ने जानकारी दिए । निर्देशक भट्टराईले पहिलो दिन नेपालमात्र नभई विदेशमा पनि हाउसफुल भइरहेकोले यसलाई दर्शकले आफूप्रति दिएको विश्वासका रुपमालिएको बताए । कार्यकारी निर्माता तथा अभिनेता रवीन्द्र सिंह बानियाँले काठमाडौँ मात्रनभई मोफसलका दर्शकसँग भेटघाट गर्न चाँडै मोफसल पुग्ने जनाए ।

अभिनेता विपिन कार्कीले दर्शकले फिल्मका पात्रको सुख दुःखलाई पर्दा बाहिर पनि महसुस गरेको बताए । आपत्कालीन रुपमा आइपर्ने पैसा व्यवस्थापन गर्ने अवसर र त्यसले निम्त्याउने समस्यालाई रोचक शैलीमा प्रस्तुत गरिएको ‘महाजात्रा’मा हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, वर्षा राउत, अर्जुन जंगशाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ । फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन् ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू