Sunrise appliances
Homeमनोरन्जनगायिका सुम्निमाको ‘तारा’ गीत सार्वजनिक

गायिका सुम्निमाको ‘तारा’ गीत सार्वजनिक

काठमाडौँ, ५ वैशाख : गायिका सुम्निमाको ‘तारा’ गीत सार्वजनिक भएको छ । के टमोटको शब्द रहेको गीतमा गायिका सुम्निमाकै सङ्गीत रहेको छ । गीतको भिडियोलाई अभि सम्पाङ राईले निर्देशन गरेका छन् । भिडियोमा विराज घिमिरेको सहनिर्देशन रहेको छ । विकेश मगर र समन महर्जनको संयुक्तरूपमा छायाङ्कन गरेको भिडियोको सम्पादन विकेश, समन र सुम्निमाले गरेका हुन् ।

भिडियोमा रङ संयोजन विकेश मगरले गरेका छन् । गीतमा सुमित तामाङ, रजीन तामाङ, दीपेन्द्र तामाङ, राजाराम तामाङ र सम्राट तामाङको नृत्य रहेको छ । सार्वजनिक भिडियोलाई सुम्निमाकै आधिकारिक युट्युब च्यानलमार्फत प्रस्तुत गरिएको छ । सुम्निमाको यसअघि मन्नतलगायतका विभिन्न गीतहरू सार्वजनिक भइसकेका छन् ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू