Sunrise appliances
Homeकाठमाडौं‘बोक्सीको घर’ प्रदर्शनमा

‘बोक्सीको घर’ प्रदर्शनमा

काठमाडौं । नेपाली कथानक चलचित्र ‘बोक्सीको घर’ आजबाट प्रदर्शन भएको छ । फ्राइडे रिलिजअन्तर्गत आजबाट यो चलचित्र प्रदर्शनमा आएको हो ।

केकी अधिकारी, सुलक्षण भारती, शुपला सापकोटा र रमा थपलिया मुख्य भूमिकामा रहेको चलचित्रलाई सुलक्षण भारतीले निर्देशन गरेका छन् । लेखन पनि निर्देशक स्वयंको छ ।

‘बोक्सीको घर’ले सिनेमा घरमा उच्च शो पाएको छ । देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले सिनेमालाई उच्च शो दिएको छ । काठमाडौं उपत्यकामा २४ र बाहिर ३२ सहित देशभरका आफ्ना आउटलेटमा क्यूएफएक्सले ५६ शो प्रदान गरेको छ ।

अन्य सिनेमा घरले पनि ‘बोक्सीको घर’लाई उच्च शो प्रदान गरेका छन् । अन्य सिनेमा रिलिज नहुँदाको फाइदा यो सिनेमाले उठाएको छ ।

चलचित्रको निर्माता बद्री अधिकारी हुन् । जो अग्रज नाट्यकर्मी तथा निर्देशक पनि हुन् । बद्री केकीका बुवा हुन् ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू