Sunrise appliances
Homeमनोरन्जनमनोज तिवारीको ‘धनकुटाको सल्लेरी वनै’मा सार्वजनिक

मनोज तिवारीको ‘धनकुटाको सल्लेरी वनै’मा सार्वजनिक

काठमाडौं, गायक मनोज तिवारीले पूर्वेली भाकाको नयाँ गीत सार्वजनिक गरेका छन् । आफ्नै शब्द र स्वरमा सजिएको ‘धनकुटाको सल्लेरी वनैमा’ गीत सोमबार राजधानीमा आयोजित एक विशेष कार्यक्रमार्फत् सार्वजनिक भएको हो ।
पप गायक ओमविक्रम विष्ट, गायिका एन्जेला श्रेष्ठ र गायक तिवारीको युट्युब च्यानलमार्फत् ‘धनकुटाको सल्लेरी वनैमा’गीत सार्वजनिक गरेका हुन् ।
ललितपुरमा आयोजित गीत सार्वजनिक कार्यक्रममा पप स्टार विष्ट, गायिका श्रेष्ठसहित गीतको टिम र चलचित्र क्षेत्रमा कलम चलाउने पत्रकारको उपस्थिति थियो ।
गीतको रचना गायक तिवारी आफैले गर्नुभएको हो । गीत सिर्जना र संयोजनमा सन्तोष थापालेसमेत मेहनत गरेका छन् । अनिल स्टुडियोमा एरेन्ज भएको गीतमा बाँसुरीको धुनमा किरण बरालले मेहनत गरेका छन् ।
तिवारीले यसअघि ‘कान्छी काली–काली’ (सामूहिक) ‘नरोऊ नरोऊ’ गीत ल्याइसकेका छन् । प्रवासमा रहेर नेपाली गीत संगीत क्षेत्रमा विशेष रुचि राख्ने तिवारीले लामो अन्तरालपछि नयाँ गीत ल्याएका हुन् ।
गीतको म्युजिक भिडियोमा धनकुटाका चर्चित विभिन्न ठाउँका दृश्यलाई समेटिएको छ । छायांकन स्टुडियोले खिँचेको भिडियोमा फिचर गायक तिवारी स्वयम् छन् भने केही धनकुटाका स्थानीय कलाकारले साथ दिएका छन् ।
गीतको शब्द अनुसार गीतको भिडियो धनकुटाका विभिन्न ठाउँमा छायांकन भएको हो । भिडियोमा धनकुटाको सल्लेरी वन, धनकुटा बजार, भेडेटारको ओरालो घुम्ती, तमोर नदी, बिश्रान्ती मन्दिर, हिलेमा रहेको तोङबा र त्यस आसपासका दृश्य देखाइएको छ । हिलेमा बनेको तोङबाको मूर्ति र त्यहाँ रहेका शेर्पा जातिको संस्कृतिलाईसमेत भिडियोमा देखाइएको छ ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू