Sunrise appliances
Homeमनोरन्जनसरल र मिजासिला संगीतकर्मी गुजय मालाकार सांगितिक कार्यक्रम गर्दे

सरल र मिजासिला संगीतकर्मी गुजय मालाकार सांगितिक कार्यक्रम गर्दे

२०३६ सालको पञ्चायती दमन देखि अहिले सम्म निरन्तर सांगतिक यात्रामा एकचित्त भएर लागी परेका संगीतकर्मी गुजय मालाकारले गत आइतबार एक पत्रकार सम्मेलन गरी सांगितिक कार्यक्रम गर्ने जानकारी दिएका छन् । इन्द्रेणी सांस्कृतिक समाजको आयोजनामा यही आँउदो जेठ ३२ गते शुक्रबार मालाकारले कार्यक्रममा १२ वटा गीत गाउने छन् । त्यस मध्ये ९ वटा गीतहरु लाइभ अकेस्ट्रामा प्रस्तुत हुने छ र अर्को ८ वटा ट्रयाकमा प्रस्तुत गरिने छ । कार्यक्रममा जुजु काजी रंजित, सतिस महर्जन, दिपा महर्जन, रत्न शोभा महर्जन लगायत अन्य १६ जना गायकगायिकाले साथ दिनेछन् ।


झन्डै ५ दशक देखि कीर्तिपुरको टोलटोलमा आयोजना हुने सत्यनारायण व्रतको पुजामा गुजय मालाकारका भजन र गीत नसुनेकाहरु कमै होलान । अहिले पनि यी तिखो र तेजिलो स्वरका धनी द्धारा स्वरबद्ध गीतहरुले मानिसहरुलाई मोहित बनाएकै छ । केही समय अघिको समाज संगीतले गुजारा चलाउन सकिन्छ भन्ने कुरा स्वीकार्न तयार थिएन । तर अथक र निरन्तर प्रयास, कठीन साधनाले आज संगीत नै गुजयको पेशा बन्यो र समाजमा ईज्जत र मान प्रतिष्ठा कमाउन सफल पनि भए ।

मध्यम वर्गीय परिवारमा जन्मे हुर्केका गुजय सानै उमेर बाटै भजन तर्फ आकर्षित भए र उनको त्यही लगाव र साधनाका कारण सांगीतिक क्षेत्रमा उनको छुट्टै पहिचान छ । प्रगतिशील र बाल संगीत उनका विधा हुन् । देश र जनताका पक्षमा गुजय मालाकारले आफ्ना धेरै सिर्जनाहरु मार्फत परिवर्तनमा योगदान पुराएका छन् । उनी बिना कीर्तिपुरमा हुने कुनै पनि सांगितिक कार्यक्रमका डबली अपुरो मानिन्छन् । मालाकारले नेपाल भाषा र नेपाली भाषाका लगभग १०० वटा गीतहरुमा संगीत दिइसकेका छन् र त्यति नै गीतहरुमा स्वर पनि दिइसकेका छन् ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू