Sunrise appliances
Homeमनोरन्जनदक्षिणकालीका खड्काले जिते कमेडी च्याम्पियन सिजन ३, २५ लाख नगद र विद्युतीय...

दक्षिणकालीका खड्काले जिते कमेडी च्याम्पियन सिजन ३, २५ लाख नगद र विद्युतीय गाडी पुरस्कार

रियालिटी शो कमेडी च्याम्पियन सिजन ३ को उपाधि काठमाडौं दक्षिणकालीका सुनिल खड्काले जितेका छन्। शनिबार सम्पन्न भएको ग्राण्ड फिनालेमा ऋषभ काफ्ले र सुयशा खनाललाई पछि पार्दै खड्काले यो प्रतिष्ठित उपाधि हात पारेका हुन्।

खड्काले कमेडी च्याम्पियन बन्नसंगै नगद २५ लाख रुपैयाँ र एक विद्युतीय गाडी जितेका छन्। यो जितसँगै उनले आफ्नो हास्य प्रतिभालाई थप स्थापित गरेका छन्।

फिनालेमा सुनसरीका ऋषभ काफ्ले फस्ट रनर अप बने भने नवलपरासीकी सुयशा खनाल सेकेण्ड रनर अप भइन्। फस्ट रनर अप काफ्लेले स्कुटर पुरस्कार प्राप्त गरेका छन्।

यस सिजनको प्रतियोगिता निकै प्रतिस्पर्धात्मक रह्यो, जहाँ सहभागीहरूले आफ्नो उत्कृष्ट प्रस्तुति दिँदै दर्शकहरूलाई मनोरञ्जन प्रदान गरे। निर्णायकहरूका अनुसार, खड्काको प्रस्तुति र प्रदर्शन सबैभन्दा उत्कृष्ट रहेको थियो।

कमेडी च्याम्पियन सिजन ३ ले देशभरिका प्रतिभावान कलाकारहरूलाई एकमञ्चमा ल्याएर नेपाली मनोरञ्जन क्षेत्रमा नयाँ उचाइ थपेको छ। दर्शकहरूका बीच यो शो निकै लोकप्रिय बनेको छ र यसले नेपाली हास्य प्रतिभालाई उजागर गर्न ठूलो भूमिका खेलेको छ।

सुनिल खड्काको यो जितले उनलाई नेपाली हास्य जगतमा नयाँ उचाइमा पुर्याएको छ र आगामी दिनमा उनको प्रतिभा अझ फैलिने विश्वास गरिएको छ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू