Sunrise appliances
Homeअन्यपत्रपत्रिकापाँच सय परिवारलाई कोरली गाई वितरण गरिने

पाँच सय परिवारलाई कोरली गाई वितरण गरिने

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हेफर इन्टरनेसनल नेपालमार्फत सिन्धुलीका पाँच वर्षमा पाँच सय घरधुरी किसानलाई कोरली गाई दिने भएको छ । त्यसका लागि हेफर नेपालले सिन्धुलीमा परियोजना नै सञ्चालन गरेको छ ।
कोरिया सरकारले गत पुसमा ८० वटा बाछी र २१ वटा बाछा दिएको थियो । कृषि मन्त्रालयले बाछालाई चितवन, लहान, पोखरालगायत बिर्य उत्पादन केन्द्रमा पठाइदिएको छ भने ८० वटा गाई किसानलाई वितरण गर्न सिन्धुली पठाएको थियो ।

त्यहाँका ५१ जना किसानलाई सो बाछी वितरण गरिएको थियो । सो ८० वटा बाछीलाई विस्तार गरी सिन्धुलीको पाँच सय घरधुरी किसानलाई पु¥याउने लक्ष्य राखिएको हेफर इन्टरनेसनल नेपालले सञ्चालन गरेको मिल्की वे परियोजनाका निर्देशक नारायणप्रसाद शर्माले बताए ।

कोरिया सरकारले उपलब्ध गराएको बाछी सिन्धुली कमलामाई नगरपालिका वडा नम्बर ४ र ५ का ५१ किसान परिवारलाई वितरण गरिसकेको छ । अहिले ती बाछी ठुला ठुला भइसकेका छन् । हेफर नेपाल र कमलामाई नगरपालिकाले १०९ जना किसानलाई राखेर विभिन्न समूह बनाएका छन् । पहिलो लटमा १०९ जनामध्ये ५१ जनाले सो बाछी ९गाई० पाएका छन् ।

८० वटा गाईमध्ये छ वटा लम्पी स्किनको रोगबाट मरेका छन् । बाँकी रहेको ७४ वटा गाईमध्ये ६९ गाईलाई गर्भधारण गराएका छन् । त्यसमध्ये ३७ वटा गाई गर्भवत्ती छन् । अरू बाँकीको गर्भ सुनिश्चित भएको छैन सायद एक दुई महिनाभित्र ६९ वटै गाईको गर्भ सुनिश्चित हुने हेफर नेपालले जनाएको छ । सिन्धुली आउनुभएका हेफर कोरियाका निर्देशक हे वन लीका अनुसार यी गाई उपहार स्वरूप नै आएका हुन् ।

कोरियाका किसान, विद्यार्थी अन्य व्यक्तिहरूले नेपाललाई कारिया सरकारमार्फत नेपाललाई प्रदान गरेको हो । कोरिया सरकारले उपहार स्वरूप दिएको कारणले पनि यहाँका किसानले पनि कम से एउटा बाछी अर्को किसानलाई दिनुपर्ने प्रावधान रहेको हेफर कोरियाका निर्देशक लीले बताए ।

गाई प्राप्त गरेका किसानले आनुवंशिक स्रोतबाट पहिलो बाछीसँगै प्राप्त गरेको सिप र ज्ञानलाई अर्को किसानलाई हस्तान्तरण ९हेफरको पासिङ अन द गिफ्ट बिजनेस मोडेल० गर्नैपर्ने प्रावधान रहेको उनले बताए । यो समाचार गोरखापत्र दैनिकमा छ ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू