Sunrise appliances
Homeअन्यपत्रपत्रिकासञ्चालकको बदमासीले बचतकर्ताको तीन अर्ब रुपैयाँ जोखिममा

सञ्चालकको बदमासीले बचतकर्ताको तीन अर्ब रुपैयाँ जोखिममा

काठमाडौँ । अध्यक्ष तथा पूर्व अध्यक्षको बदमासीले सहकारीका हजारौँ बचतकर्ताको करिब तीन अर्ब रुपैयाँ जोखिममा परेको छ । कास्कीभित्र सञ्चालित विभिन्न पाँचवटा सहकारी डुब्दा खाई नखाई बचत गरेका सर्वसाधारण बचतकर्ताको रकम जोखिममा परेको हो ।

ती सहकारी अपचलन गराउन सञ्चालक समितिका अध्यक्ष र पूर्वअध्यक्ष हाबी भएको पुष्टि पनि भएको छ । किनकि डुबेका सहकारीका अध्यक्ष र पूर्व अध्यक्षसहित सञ्चालक समितिका पदाधिकारी पक्राउ पर्ने डरले फरार छन् । कास्कीका सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था, मित्रमिलन बचत तथा ऋण सहकारी संस्था, इमेज बचत तथा ऋण सहकारी संस्था, बलिदानी बचत तथा ऋण सहकारी संस्था र शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था डुब्दा सर्वसाधारण बचतकर्ताको २ अर्ब ८३ करोड ३७ लाख ७१ हजार रुपैयाँ जोखिममा परेको प्रहरीमा उजुरी परेको छ ।

डुबेका पाँच सहकारीका ३ हजार ६ सय ९ जनाले आफ्नो रकम डुबेको भन्दै प्रहरीमा उजुरी दिएका छन् ।  उजुरीमा सहकारी सञ्चालकले ठगी गरेको बचतकर्ताले उल्लेख गरेका छन् । आजको नागरिक दैनिकमा समाचार छ ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू