Sunrise appliances
Homeअन्यपत्रपत्रिकाशिशु मृत्युदर घटाउन ‘ह्युमन मिल्क बैंक’ प्रसूति गृहमै खुम्चियो

शिशु मृत्युदर घटाउन ‘ह्युमन मिल्क बैंक’ प्रसूति गृहमै खुम्चियो

काठमाडौं । अस्पतालका नवजात संघन उपचार केन्द्र (एनआईसीयू) मा भर्ना हुने अवधि नपुगी जन्मिएका र कम तौल भएका नवजात शिशुहरूमध्ये करिब १० देखि १५ प्रतिशतको अवस्था स्तनपान गर्न नसक्ने किसिमका हुन्छन्।

त्यस्तै, कतिपय सुत्केरी आमा बिरामी परेको वा सुत्केरीको दूध नआएको अवस्थामा पनि नवजात शिशु आमाको दूध खानबाट वञ्चित हुन्छन्।

त्यस्ता शिशुको ज्यान बचाउन र उनीहरूको शारीरिक तथा मानसिक विकासमा टेवा पुर्‍याउन दाता आमाबाट संकलन गरिएको दूध वैज्ञानिक विधिबाट भण्डारण गरी आवश्यक परेको बेला उपलब्ध गराउन ‘ह्युमन मिल्क बैंक’ अर्थात् आमाको दूध संकलन केन्द्रले महत्वपूर्ण भूमिका खेल्ने गर्दछ।

त्यति मात्रै होइन, दूध धेरै आएर दुहेर खेर फाल्नुपर्ने अवस्थाका सुत्केरी महिलाको दूध खेर नफाली आवश्यक पर्ने शिशुलाई उपलब्ध गराउन पनि यो दूध संकलन केन्द्र स्थापना आवश्यक छ।

अन्य देशहरूमा यस्तो ‘मिल्क बैंक’ धेरै अघि नै कार्यान्वयनमा रहेको भए तापनि नेपालमा भने युनिसेफको सहयोगमा वि।सं।२०७९ भाद्र ३ गते परोपकार प्रसूतिगृह तथा स्त्रीरोग अस्पताल, थापाथलीमा स्थापना गरिएको हो।

अमृत कोष नाम दिइएको उक्त बैंकको स्थापनासँगै यस्तो बैंकको विस्तारको आवश्यक्ता महसुस गरी ७७ ओटै जिल्लामा स्वास्थ्यकर्मी तथा महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविकाहरूलाई दूध संकलन कार्यबारे तालिम प्रदान गरिएको थियो। तर, आमाको दूध संकलन केन्द्रको सेवा प्रसूति गृहमै मात्र खुम्चिएको छ।

पुगेको अन्यत्र विस्तार भने भएको छैन। जसका कारण अहिले पनि धेरै नवजात शिशुहरूलाई आमाको दूधको साटो दूधदानीबाट दूध प्रतिस्थापन गर्ने शिशु आहार सेवन गराइएको छ। यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू