Sunrise appliances
Homeअन्यपत्रपत्रिकासाउदी अरबका कम्पनीले अकामा नवीकरण नगरिदिँदा नेपाली श्रमिक समस्यामा

साउदी अरबका कम्पनीले अकामा नवीकरण नगरिदिँदा नेपाली श्रमिक समस्यामा

काठमाडौँ । साउदी अरबका धेरै कम्पनीले अकामा नवीकरण नगरिदिँदा धेरै नेपाली श्रमिक गैरकानुनी रूपमा काम गर्न बाध्य बनेका छन् । साउदीको अलअस्रा कम्पनीले अकामा नवीकरण नगरिदिएर समस्या परेका दुई नेपाली चेलीको भने उद्धार गरिएको छ ।

कम्पनीले अकामा नवीकरण नगरी काम मात्र लगाउने र समयमा तलब नदिई अलपत्र परेका हेटौँडाकी अस्मिता तामाङ र गोरखाकी कविता गुरुङलाई उद्धार गरी नेपाल फर्काइएको हो । उनीहरू त एक प्रतिनिधि उदाहरण मात्र हुन् । रोजगारदाता कम्पनीले अकामा नबनाइदिने, करारबमोजिम तलब सुविधा नदिने प्रवृत्ति बढ्दै गएको छ ।

यसले गर्दा विदेशमा श्रम गर्न त्यहाँ पुगेकाहरू बाहिर हिँडडुल गर्न, आफूले कमाएको धेरथोर पैसा घर परिवारलाई पठाउन वञ्चित हुनुपर्ने, प्रहरीले पक्राउ गरी जरिमाना गराउनेलगायत धेरै समस्याबाट पीडित हुनुपरेको त्यहाँ क्रियाशील नेपाली संघसंस्था तथा सामाजिक अभियन्ताले बताउने गरेका छन् । आजको राजधानी दैनिकमा समाचार छ ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू