Sunrise appliances
Homeपर्यटनसगरमाथा क्षेत्रको भ्रमणमा आएका एक कोरियन नागरिकको मृत्यु

सगरमाथा क्षेत्रको भ्रमणमा आएका एक कोरियन नागरिकको मृत्यु

सल्लेरी (सोलुखुम्बु), २ चैत : सगरमाथा क्षेत्र भ्रमणमा आएका एक कोरियन नागरिकको लडेर ज्यान गएको छ । ज्यान गुमाउनेमा कोरियाका अन्दाजी ४७ वर्षीय ह्युनचल स्वाङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार उहाँको आइल्याण्डपिक हिमाल आरोहण गरेर फर्कंदै गर्दा खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ मा गत फागुन २८ गते लडेर ज्यान गएको हो ।

बाटोबाट चिप्लिएर लडेका ह्युनचल करिब दुई मिटर तल खसेको प्रहरीले जनाएको छ । हेलिकप्टरमार्फत उद्धार गरेर लुक्ला ल्याइएको मृतकको शव प्रक्रिया पूरा गरी शवपरीक्षणका लागि काठमाडौँको शिक्षण अस्पताल पठाइएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो । मृतक ह्युनचल फागुन २१ गते एटेक्स कम्पनीमार्फत हिमाल आरोहणका लागि खुम्बु आएको जनाइएको छ ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू